संगीता थापा पन्त सँगको छोटो कुराकानीः

इनेप्लिज २०७५ वैशाख २५ गते १०:४४ मा प्रकाशित

लामो समयदेखि टेलिभिजनको माध्यमबाट समाजमा लुकेर बसेका क्षमताहरुलाई बाहिर ल्याउन र अगाडी बढ्नको लागि प्रोत्साहन गर्दै आउनुभएकी संगीता थापा पन्त सञ्चारको क्षेत्रमा सु–परिचित नाम हो । उनै संगीता पन्त सँगको छोटो कुराकानीः

कहिलेबाट सञ्चार क्षेत्रमा आवद्ध हुनुभयो ?

डिप्लोमाको नतिजा भर्खरै आएको थियो, नेपाल टेलिभिजनमा विभिन्न किसिमको तालिम खुलेको थाहाँ पाए । कार्यक्रम प्रस्तुतको दुईमहिने तालिम सकिनासाथ नेपाल टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने अवसर पाँए र निरन्तर टेलिभिजन पत्रकारितमा सक्रिय छु ।

कसरी प्रेरित हुनुभयो सञ्चारमा आउन ?

एसएलसीपछि आईकम र बीकम पढ्दा पढ्दै म अकाउण्टेन्ट भएर काम पनि गर्थे । मेरो बुबा नेपाल टेलिभिजनमा काम गर्नुहुन्थ्यो । उहाँको प्रेरणा र टेलिभिजन हेर्दा आफूलाई यस क्षेत्रमा काम गर्ने ईच्छा धेरै नै थियो, साकार बनाईदियो तालिमले ।

टेलिभिजन बाहेक के गर्नुहुन्छ ?

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छु तर नेपाल टेलिभिजनको स्थायी कर्मचारी भएकोले बढि समय यसैमा बित्छ ।

घर अनि अफिसको समयलाई कसरी म्यानेज गरि रहनु भएको छ ?

गाह्रो छ दोहोरो भुमिका निर्वाह गर्न हरेक महिलालाई समयको तालिका मिलाउन । कार्यक्रम निर्माणको क्रममा छायांकनको लागि विभिन्न ठाउँमा जानुपर्ने हुन्छ । कार्यक्रम निर्माण रमाईलो काम पनि हो । आफ्नो काम प्रतीको मोह, घर परिवारको सकरात्मक प्रेरणा र सहयोगले घर अफिस अनि जीवन सुचारु रुपले चलिरहेको छ ।

एउटा महिलालाई यो क्षेत्रमा निरन्तरता दिनको लागी कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ ?

महिलालाई कामको रुपमा लिनको लागि संचार मात्र नभई जुनसुकै क्षेत्रमा पनि चुनौती नै छ । कानुनमा सुनिश्चिता भएका कुराहरु कार्यन्वयन नहुनु, निर्णयक तहमा महिला संचारकर्मीको न्यून सहभागिता हुनु, महिलाको कार्य क्षमतामा नै कम विश्वास गरिनु आदि नै यस क्षेत्रका प्रमुख चुनौतीहरु हुन तर समय फेरिदै छ, हिजो भन्दा महिला संचारकर्मीलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएका छन् । यी सकारात्मक कुरालाई आत्मासाथ गरि कर्म क्षेत्रमा अगाडि बढ्नु र संचार क्षेत्रमा निरन्तरता दिनु महिला संचारकर्मीको अवसर र चुनौती दुवै हुन् ।

संचार क्षेत्रमा लागेर बाँच्नका लागि कतिको सहज अवस्था छ ?

निश्चय नै गाह्रो छ, किन कि निजी क्षेत्रमा कार्यरत संचारकर्मीलाई त झनै असहज छ । न्यूज दिईने, महिनौ सम्म पारिश्रमीकका लागि कुर्नु पर्ने बाध्यता निजी क्षेत्रको संचार माध्यममा बढि पाईएको छ तर सरकारी संचार क्षेत्रमा समान भएकोले सहज मान्न सकिन्छ ।

मिडियामा करियर बनाउन चाहने महिलालाई के सुझाव दिनु हुन्छ ?

भनिन्छ अवसर र क्षमताको कुनै मापदण्ड हुँदैन यस क्षेत्रमा थुप्रै प्रतिभावान क्षमतावान महिला संचारकर्मीको सक्षमता बढ्दो छ । आज भोली पत्रकारिताविषयको पढाई सहज युवाहरुको रुची अनि बढ्दै गएको संचार गृहको अवस्थाले निडर र प्रतिभासाली संचारकर्मी महिलाहरु बढेको पाईन्छ । त्यसैले आफ्नो दृढ इच्छा शक्ति आफुलाई सहि ढंगले प्रस्तुत गर्न सक्ने क्षेत्र अझ भन्नु पर्दा नाम कमाईने भएकाले आधा आकाश ढाकेका महिलाहरुको लागि संचार क्षेत्र उत्कृष्ट हुन् सक्छ ।

प्रतिक्रिया