हेर्नुपर्ने मेहनती र संघर्षशिल कृषक बसन्त कोइराला, १ अर्ब ५० करोडका मालिक आफै बजारमा दुध बेच्दै हिड्छन

इनेप्लिज २०७५ वैशाख २३ गते १०:३६ मा प्रकाशित
तपाईसंग १ अर्ब ५० करोडको सम्पति छ भने तपाई के गर्नुहुन्छ? सामान्यतया तपाई शहरमा महल बनाउनु हुने छ र गज्जबको जीवन जिउनुहुने छ l झट्ट सुन्दा पत्यार नलाग्न सक्छ १ अर्ब ५० करोड मालिक शहर बजारमा दुध बेच्दै हिड्छन भन्दा तर पोखरामा एक जना यस्तै कृषक भेटिए l
पोखरा लेखनाथ महानगरपालिका १२ सीतालादेबीका बसन्त कोइरालाको घरमा बिहानै पुग्दा उनि भैसीको सिहार सुसार गर्दै थिए अनि भैसी दोही सकेपछी उनिलाई दुध बजारमा पुराउने हतारमा हुन्छन् बजारबाट फर्कन साथ उनि  पोखरा लेखनाथ महानगरपालिका १४ कुडहरमा रहेको तरकारीबारीमा पुग्छन तर तरकारीको हेरविचार गर्छन l यी सबै काम उनि आफै गर्छन तर अहिले उनको फार्म ठुलो भईसकेको छ यसकारण उनले सहयोगी  पनि राखेका छन् l बिगत २० वर्ष देखी उनको दैनिकी यसरीनै चली रहेको छ
पोखरा लेखनाथ महानगरपालिका १४ कुडहरमा मात्रै उनको १५ रोपनी पुर्खौली जग्गा छ जहाँ उनले तरकारी खेति गरिरहेका छन् उक्त जग्गाको मात्र अहिले १ अर्ब ५० करोड पर्ने जान्छ lउनिसंगै जोडीएका केही छरछिमेकिले केही जग्गा बेचेर घर गाडी किनेर गज्जबको जीवन बिताइरहेका छन् तर उनि उक्त जग्गा बेचने कहीनै सोच बनाएनन उनि भन्छन प्रकृतिले दिएर बनेका जमिनलाई बेच बिखन हैन त्यसबाट उत्पादन गर्नुपर्छ
हेर्नुहोस उनै मेहनती र संघर्षशिल कृषक बसन्त कोइरालासंगको प्रेणादायीक अन्तरबार्ता

प्रतिक्रिया