१७ बर्षका नेपालकै कान्छो धामी आदित्य के.सी, अद्धभुत कलाका धनी [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ वैशाख २२ गते ११:१३ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। छोटो कपाल । टाउकोमा रातो रुमाल। पातलो ज्यान । सोतो पहिरन अनि कलिलो अनुहार । उमेर १७ बर्ष बाल्यावस्था पार गर्नै लागेको एक युवक । कला र गलाका धनी हुन् भक्तपुर, गुन्डु गाविसका स्थानीय आदित्य के.सी । उमेरले सबै भन्दा कान्छो धामीको रुपमा चिरपरिचित आदित्य अहिले कमलविनायक, भक्तपुर स्थित बागेश्वोरी कलेजमा कक्षा ११ मा अध्ययनरत छन्। उनी ट्राभल याण्ड टुरिजम विषय लियर पढ्दै छन्। विहान कलेज र दिउसो आफ्नो दिनचर्यामा व्यस्त आदित्यलाई १२ वर्षको उमेरमा नै देउता आएको थियो। उनको पारिवारिक स्थिति नै धार्मिक छ। उनको जन्म दिने आमा र हजुरआमा पनि झारफुक गर्ने भएकै कारणले होला आदित्यमा पनि धार्मिक आस्था छ। नत्र त आजकालका अल्लारे ठिटालाई के देवीदेवता के भुतप्रेत। पहिला पटक देवी आएर काम्दा के भो भनेर आत्तेका थिए उनका परिवार। तर पछि बुज्दै जादा आदित्यमा भद्रकाली देवी चढेको थाह पाइन् आदित्यकि आमाले। १२ वर्ष कै उमेरमा देवी चढे पछि उनी निकै विरामी हुने गर्दथे। खानपिनमा अरुको जुठो पर्दा, चोखो निधो नगर्दा उनलाई सार्है गाह्रो हुने गर्दथ्यो। जब उनी १६ बर्षको लागे तब उनलाई खली खुवाउन, वायु उतार्न मिल्ने बनाइयो। ‘अहिले मेरो उमेर १७ बर्ष भयो । मलाई १२ बर्षको उमेर देखि नै देउता आउन सुरु भैसकेको थियो ।’ त्यसैले गाँउमा मलाई अगुवाको नजरले चिन्छन् ।

आदित्यले भने, ‘ धामीहरुको गाउँमा छुट्टै मान र सम्मान हुन्छ । सबैले बिश्वास गर्छन । मैले पनि मान सम्मान पाएको छु। खुसि लाग्छ। ’ गाँउमा धामी, ज्योतिष तथा अगुवाहरुले भनेको सबैले मान्नुपर्ने चलन छ । अदित्यलाई पनि गाउँठाउँमा निकै मान्छन्। आदित्य गाउँमा अप्ठेरो पर्दा झारफुक गर्ने देखि लिएर वायु उतार्ने, खाली खुवाउने सम्मको काम गर्दछन्। उनको धामी काम सुनेर कति विरामी आदित्यकै घरमा आइपुग्छन्। बहुप्रतिभाका धनी आदित्य सञ्चार माध्यममा नछाएका र मिडियाले नदेखेको उर्जाशिल कलाकार पनि हुन्। गायकीमा पारङगत उनी छिट्टै प्ले ब्याक गीत गाउने तयारीमा छन् । उनलाई धामी काममा भन्दा पनि गीतसंगीतमा नै बढी रुची भएको उनी बताउँछन्। सानै देखि गीत गाउँन मनपराउँथे आदित्य। उनका मामा संगीत क्षेत्रमै भएकै कारण पनि उनलाई गायनमा रुची भएको होला सायद। उनी भन्छन्,’मलाई गीत गाउँन एकदम मनपर्छ। मैले गाएको सुनेपछि साथीभाईले नेपाली आर्जित सिङ भन्छन्। त्यो सुन्दा मलाई खुसि लाग्छ।’ उनले भोकल क्लास पनि लिईसकेका छन्। भविष्यमा धामी कामलाई साइडमा राखेर चर्चित गायक बन्ने रहर रहेको उनले बताए।

हेर्नुहोस् आदित्य के.सीसँग गरिएको कुराकानी :

प्रतिक्रिया