अमेरिका छाडेर स्वदेशमै कुखुरा पालन गर्दै छन् निवान राई ; विदेशिएका लाखौ युवाले हेर्नै पर्ने अन्तर्वार्ता

इनेप्लिज २०७५ वैशाख २० गते १०:४६ मा प्रकाशित

पिएनपिखबर,भक्तपुर :  युवा पुस्तामा आजकल आफ्नै व्यवसाय संचालन गर्ने लहर चलेको छ। धन कमाउन विदेशमा जानुपर्छ भन्ने युवापुस्ताको अहिलेको मान्यतालाई तोड्दै नेपाली युवापुस्ता कृषि तथा पशुपलानमा आकर्षित हुन थालेका छन।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दो छ। अहिले एकैपटक धेरै पैसा कमाउने सोचमा पनि युवामा परिवर्तन आएको छ। विदेशी भूमिमा पुगेपछि पाउने दुख, कष्ट, पीडाका कारण विदेश जाने युवाको संख्या घट्न थालेको हो।

विदेशी भूमिमा दुख पाएपछि नेपालमै फर्केर स्वरोजगार बन्नेहरूको संख्या भने बढ्दै गएको छ। यसको पछिल्लो उदाहरण हुन हङकङमा जन्मिएका ३२ बर्षीय निवान राई। विदेशमा गएर गर्ने परिश्रम स्वदेशमै गर्दा दोब्बर कमाउन सकिन्छ भन्ने सोच लिएर उनले कुखुरापालन गरिरहेका छन।

भक्तपुरको सुर्यविनायक नगरपालिकामा आठ रोपनी जग्गा भाडामा लिएर निबन राईले जिम्बाल फार्म खोलेर कुखुरापालन व्यवसाय सुरु गरेको हुन् । राजधानीमा अन्यत्र सुबिधायुक्त स्थान हुदाहुदै पनि उनी एकान्त र रमणीय ठाउँमा लेयर्स जातिको कुखुरापालन गर्दै आइरहेका छन । हावा र पानीबाट उत्पन्न हुने रोगको जोखिम कम गर्न उनले स्वच्छ वाताबरण रोजेका हुन्। कच्ची सडक भएतापनि भू-बनोट हेरी अनुसन्धान पुरा गरेर मात्रै उनले फार्म खोल्ने स्थान रोजेका हुन्।

हाल ५ सय लेयर्स कुखुरा पालिरहेका उनको फार्ममा २ हजारसम्म कुखुरा अटाउने क्षमता छ। उनले बजारमा उच्च माग भएको नेपाली लोकल जातको गिरिराज कुखुरा पाल्नको लागि ८ सय क्षमताको खोर समेत बनाइसकेका छन। टर्की लगायत अन्य जातको कुखुरा समेत पाल्नको लागि उनले खोर तयार गरिसकेका छन।

कोटेश्वरमा बस्ने उनी फार्ममा प्राय पुगिरहेका हुन्छन। कोटेश्वरमा रहेको रेष्टुरेन्ट बेचेर कुखुरा फार्ममा लगानी गरेका निवानले हाल ३ जनालाई रोजगारी समेत दिएका छन। यसलाई बढाएर फार्मको आवश्यकता अनुसार थप ४ जनालाई उनले रोजगारी दिदैछन।

बिबिए पास गरेका उनलाई सयौ ठाउँबाट नोकरीको प्रस्ताब आएतापनि पशुपालन मोहले उनलाई जिम्माल फार्म संचालनसम्म पुर्यायो। ‘ स्वदेशमा आफ्नो सिप प्रयोग नगरी अधिकांश युवाहरु विदेश पलायन हुनु दुखदायी छ’ उनले भने । स्वदेशमा राम्रो पढेर उद्यमशील भैसकेपछि देशलाई केहि योगदान गर्नुपर्ने समयमा विदेश पलायन हुने युवापुस्ताको प्रवृत्ति निराशलाग्दो भएको उनी बताउछन ।

आठ महिना देखी उनी फार्मबाट अण्डा बिक्रि गरिरहेका छन। बिचौलियाको कारण आम उपभोक्ताले सरल मुल्यमा अण्डा पाउन नसकेको कारण निवानले आफै कोल्ड स्टोर खोल्ने सोच राखेका छन। परिक्षणको रुपमा सुरु गरेको उनको व्यवसाय अझै बढाउदै लाग्ने सोच छ । लेयर्स कुखुरा परिक्षण गरेर अण्डा बेचिसकेका उनी अब गिरिराज र टर्कीको समेत परिक्षण गर्दैछन।

आगामी दिनमा हरित गृह खोल्ने तयारीमा रहेका उनले विदेशमा प्रयोग भैरहेका आधुनिक कृषि प्रबिधि समेत छिट्टै प्रयोगमा ल्याउने योजना बनाइरहेका छन। स्वदेशमा आफ्नो सीप र दक्षता प्रयोग गर्ने हो भने खाडीको टन्टलापुर घाममा आफ्नो ज्यान जोखिममा पारेर पसिना बगाउनु नपर्ने उनी बताउछन। नेताले सम्वृद्धिको सपना मात्रै बाड्ने गरेको भन्दै उनी थप्छन, ‘सम्वृद्धि युवाहरुको काधमा छ, आफ्नो दक्षता, सीप र उमेर छदा नै स्वदेशको लागि योगदान दिनको लागि खर्च गरौ। ‘

राजधानीमा अन्यन्त्र सुविधायुक्त ठाउँ हुँदा-हुदै पनि उनले एकान्त र रमणीय ठाउँमा कुखुरा व्यवसाय गर्दै आईरहेका छन्। हावा र पानीबाट उत्पन्न हुने रोगको जोखिम कम गर्न उनले यो स्वच्छ ठाउँ रोजेको बताए। निभानको अनुसार यो ठाउँ हेर्दा अप्ठ्यारो देखिएता  पनि कुखुरापालनको लागि एकदम उपयुक्त छ ।

आई.टी.मा रुची भएका निबानले पाँच बर्षसम्म ‘पायोनियर सोलुसन्स’ मा काम गरे। प्रोजेक्ट म्यानेजरको रुपमा काम गरिसकेका उनले अमेरिकामा अवस्थित कार्यालयमा पुगेर ३ महिना तालिम समेत प्रदान गरेका थिए।

अधिकांश युवाको सपनाको देश हो अमेरिका। चाहेको भए निवान पनि अमेरिकामा नै सेटल हुन सक्थे तर स्वदेशमै केहि गरौ भन्ने उनको चाहले उनलाई अमेरिकाको आधुनिक विकास र महँगो डलरले लोभ्याउन सकेन।

अमेरिका जस्तो सपनाको देशमा चाहेको भए उनी त्यहि गएर पनि बस्न सक्दथे तर अमेरिकाको आधुनिकता  र महँगो डलरले उनलाई लोभाउन सकेन। उनी आफ्नै भुमीमा रहेर केहि गरौ भनेर व्यवसाय शुरु गरे।

अहिलेको युवा पुस्ता आफुले गर्न नसके नेतालाई गाली गर्ने अरुलाई दोष दिने र नेपालमा अवसर छैन भनेर विदेश पलयान हुन्छन  तर यहाँ नै चाडै हरेश नखाई आईपर्ने समस्यालाई बुझेर समाधान गरी काम गर्ने हो भने धेरै अबसर रहेको उनी बताउँछन । निवान राईले गरेको यो व्यवसाय सम्पूर्ण युवावर्गको लागी प्रेरणादायी छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया