शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १८:१४
वासिङटन डिसी 08:29

गायक मनोज विक र सविना पन्तको ‘मेरो पालो कैले ’ भनेपछि हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ वैशाख ८ गते १२:०४ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डौँ, बैशाख ८ – नेपाली मौलिक लोक दोहोरीमा भन्दा सन्देशमुलक गीत संगीतको बजारमा अभाव खडकिरहेको अवस्थामा छाडापन र अश्लिल अर्धनङ्न भिडियो र कलाकारिता क्षेत्रमा अहिले आएको तमाम बिकृतिको भण्डाफोर सहितको हास्यकलाकार यादव देवकोटा सरापेको बेजोड अभिनयमा एन वि म्युजिक प्रस्तुतिको मनोज विक र सविना पन्तको को हास्यबङ्ग गीत  ‘मेरो पालो कैले  ’गीतको भिडियो बजारमा आएको छ ।
समाजका विभिन्न विकृतिलाई कलाकारहरुले आत्मसाथ गरेको र नकारात्मक किसिमका गतिविधि गरेर पैसाको प्रलोभनमा परेर गीत संगीत क्षेत्रको बदनाम गरेको तितो यर्थाथलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ  । ‘मेरो पालो कैले  ’गीतका शब्दहरुलाई सन्तोष बानियाँले लेखेका हुन भने राजकुमार बाँनियाले लय भरेका हुन ।  गीतको भिडियोलाई सागर श्रेष्ठले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा यादव देबकोटा सरापे , सविना पन्त , राजकुमार , दिपक र मनिसा को अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन्
हेर्नुहोस भिडियो ।

 

प्रतिक्रिया