ईनेप्लिज संवाददाता ,यहि मिति २०१८ अप्रिल १७,मंगलवार वाशिङ्टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको भेलाले मुकुन्द कोईरालाको संयोजकत्वमा ६ जना सल्लाहकार सहित ११सदस्यीय विवेकशील साझा सद्भाव समुह, वाशिङ्टन डिसी मेट्रो गठन गरेको छ।
महिला सदस्यहरु सहित समावेश भएको उक्त समिति भित्र रहेका सदस्यहरुको नाम यस प्रकार रहेको छ:
१) मुकुन्द कोईराला -संयोजक
२) सुषमा दाहाल पोखरेल्-सदस्य
३) सन्देश शर्मा – सदस्य
४) प्रतिक दाहाल -सदस्य
५ ) सम्राट बस्नेत-सदस्य
सल्लाह्कार समुह्:
६) सुनिलमणी दाहाल
७) गोपी कट्टेल
८) बिजय थापा – सन्चार सल्लाहकार
९) खगेन्द्र थापा – युवा बिभाग
१० ) बिमला थापा – महिला बिभाग
११) चुडामणी प्रसाई
नेपालमा सुसंस्कृत राजनितीको स्थापनामा सहयोग गर्दै सम्बृद्द नेपाल निर्माणमा योगदान पुर्याउने उदेस्यले चेतनशिल र विवेकी नेपालीहरु मिलेर विवेकशील साझा सद्भाव समूह वाशिङ्टन डिसी मेट्रो क्षेत्रको गठन गरिएको आयोजकले जनाएका छन ।
हामी कुनै राजनितिक पार्टी नभएर नेपालको बिकासका लागी सहयोगी र सदभाव राख्ने चेतनशिल र विवेकी सबै नेपालीहरु हातेमालो गर्दै मातृभूमिको सेवामा आफ्नो ज्ञान र शिप छर्न चाहेको ब्यहोरा संयोजक मुकुन्द कोईरालाले बताए ।
प्रतिक्रिया