अमेरिकामा समाचार पढ्न र हेर्न नभ्याउनेले आकाश देखि पाताल सम्म कुरा फरर भनि दिन्छन ?

इनेप्लिज २०७५ वैशाख ४ गते १:३७ मा प्रकाशित

विजय थापा ,समयको व्यस्तताको कारण आफ्नो पाठ्यक्रम बाहेक मानिसलाई आफ्नो मन पर्ने चिज बाहेक पढ्न फुर्सद छैन  । सामाजिक संजालले ल्याएको अभूतपूर्व चमत्कारलाई मान्नै पर्छ ।

लामो प्रकारका समाचार तथा लेख पाठकले पढे भने उठेर सलाम ठोक्नु पर्छ l अब त सामाजिक संजाल अनुहार किताबमा तस्बिरहरुको प्रदर्शनले सबैलाई उछिनेको छ l छोटो र बिषय वस्तुमा प्रवेश गरि सोझै लेख्ने सर्जकलाई पाठकले मन मष्टिश्कमा स्थाई रुपले राख्दछन ।

विश्व कै सबै भन्दा ज्यादा समय परिश्रम गरि काम गर्ने देश अमेरिका हो । मुखमा माड लगाउन समयले साथ दिए भने एक भन्दा ज्यादा ठाउँमा काम गर्दछन ।

काम बाट फर्के पछि घरको थुप्रै काम हुने हुनाले मानिस झन् अल्मलिञ्छन l अमेरिकामा नेपाली समाचार कहिलेकाही मात्र हेर्ने नेपाली समुदाय छन । उनीहरुलाई अरु कसैले भने पछि मात्र समाचार थाहा हुन्छ l अमेरिका आए पछि यता कै समाचार ज्यादा हेर्ने पनि हुन्छन ।

अमेरिकामा यस्ता वर्ग पनि छन् केही को मतलव नहुने मानिस भेटिन्छन । काम र घर आदिमा जीवन पनि जाने समुदाय हुन्छन । नेपाल को समाचार भन्दा यतैको समाचारलाई प्राथमिकता पनि दिन्छन ।

अमेरिकाको नागरिकता लिए पछि नेपालका राजनीति ,राजनैतिक दलको अवस्था ,नेपालको वर्तमान अवस्था ,बेरोजगारीको समस्या ,बिदेसिने क्रमको स्थिति ,देशको आर्थिक स्थिति ,दलका लडाई ,झगडा आदि ईत्यादी समाचारको ज्ञान राख्न चासो दिदैनन ।

तर , यिनै मानिसलाई नेपालको बारेमा कुरा कोट्याउनु मात्र पर्छ ,अनि उनीहरुले पाठशालामा शिक्षकले बिद्यार्थीलाई पढाए जस्तो फरर सबै कुरा वकि दिन्छन । विश्व बिद्यालयमा प्राध्यापकहरुले दैनिक रुपमा दिने उपदेश जस्तो अविरल रुपमा सारा संसारको कुराको ज्ञान दिन्छन l यस्तो लाग्छ कि उनीहरु नै विश्वका प्रख्यात संचार माध्यम ,बिबिसी ,सीएन एन ,न्युयोर्क टाइम्स तथा वाशिंगटन पोस्टका ख्याती प्राप्त पत्रकार हुन् ।

कुरा थाल्नु मात्र पर्छ यस्तो लाग्दछ कि उनीहरु नै हरेक बिषयमा बिद्या वारिधि गरेका जस्तो भान हुन्छ l बोल्ने ,टिप्पणी गर्ने ,विचार पोख्ने ,उच्च स्तरीय कुरा गर्ने ,आदर्शको कुरा छाट्ने यिनै मानिस हुन्छन l तर समाचार चाही पढ्ने बानि हुदैन l दुर दर्शन हेर्न भ्याउदैनन । शिर्षक मात्र हेरेर अधोपांत बताई दिन्छन । दसौ बर्ष सम्म मातृभूमि जान नसक्ने नेपालको विद्यमान वास्तविकताको पहिचान गर्न असमर्थ हुने नेपालीले नेपालको लागि आदर्श सुझाब ,नेतालाई गालि गर्ने ,राजनैतिक दललाई झाको झार्ने र अत्तो न पत्तोको सुझाब र सल्लाह दिनेको अब कमि छैन अमेरिकामा ।

पत्र पत्रिका र समाचार टुप्पो र फेद मात्र पढेर पाठ सिकाउन उनीहरुलाई कसैले जित्दैन l आधा गाग्रो छछल्किञ्च भन्ने उखान झैँ अध्ययन नै नगरी वृतान्त सुनाउन पछि पर्दैनन् । अमेरिकामा कतिपय प्रवासीले यस्तो प्रवृति देखाउने गर्छन l समाचार पढ्न र दूरदर्शन हेर्न नभ्याउने तर कूरा दोचार्न उनीहरुलाई कसैले उछिन्न सक्दैनन् । सुन्नु मात्र पर्छ दिएको दियै गर्छन ।

कि पढेर जानिन्छ कि पढेर भने उखान जान्नु जरुरि हुन्छ l अध्ययनलाई ध्यानै नदिने तर उपदेश (लेक्चर) दिन पछि नहट्ने प्रवासी संग साबधान हुनु नै राम्रो l उनीहरुको लागि असल श्रोता नबन्नु नै जाति हुनेछ । उनीहरु संग दुरी राख्नु नै उत्तम हुनेछ l ब्यर्थमा समय खेर न फाल्नु नै सहि हुनेछ l पढेर जानकारी दिने बानि बसालौ । व्यर्थमा भए नभएको बिषयमा पण्डित झैँ नगरौ l यसैमा हामी सबैको भलो पनि हुने छ l अरुको समय मुल्यवान छ भनें बुझौ ।

प्रतिक्रिया