नेपालीले क्यानडामा नया वर्ष २०७५लाई भब्य रुपमा स्वागत गरे ।

इनेप्लिज २०७५ वैशाख ४ गते १:३१ मा प्रकाशित

अप्रिल १५ टोरन्टो

गैह्र आवासीय नेपाली संघ क्यानडा र नेप्लिज केनेडियन कमुनिटिज सर्भिस सेन्टरको संयुक्त आयोजनामा नेपाली नया वर्ष २०७५ लाई स्वागत गर्नेकाम

संपन्न भएको छ। टोरन्टोको भिक्टोरिया पार्कमा स्थित स्थानीय मेसि स्क्येरको हलमा गैह्र आवासीय नेपाली संघ क्यानडाका अधक्ष्य गोपी कृष्ण काफ्लेको सभापतित्व तथा नेप्लिज केनेडियन कमुनिटिज सर्भिस सेन्टरका नव निर्वाचिता अधक्ष्य विदुर के सी को संयोजनमा संपन्न भएको उक्त कार्यक्रममा प्रतिकुल मौसमका वाबजुद पनि उल्लासका साथ उपस्थित हुनुभएका सहभागि हरुलई आयोजकको तर्फाबाट गैह्र आवासीय नेपाली संघ क्यानडाका प्रवक्ता रविन्द्र घिमिरेले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा क्यानडा सरकारको तर्फबाट क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो , ओन्टारियो प्रोभिन्सको तर्फाबाट प्रिमियर विनि क्याथलिन, नेपाल सरकारका श्रम मन्त्रि गोकर्ण बिष्ठ र क्यानडाका लागि नेपालका राजदूत काली प्रशाद पोख्रेलले क्यानडामा बसोवास गर्नु हुने नेपाली समुदयालाई नया वर्ष २०७५ को

अवसरमा पठाएको शुभकामना मन्तब्यलाई गैह्र आवासीय नेपाली संघ क्यानडाका महासचिव चिरिन्जीवी घिमिरेले वाचान गर्नु भएको थियो। प्रवासमा रहेर नेपाली कला र सस्कृतिको प्रबर्धन का लागि सक्रिय सस्था हिमालयन भाइबसको तर्फाबाट मङ्गल धुन तथा गीत प्रस्तुतीका साथै नेपालीको मौलिक ताल बाजा मादल बजाउन मादल बिज्ञ तथा एन आर एन ए कल्चरल कोअर्डिनेटर सानुराजा महर्जनसंग तालिम लिइ रहेका मादलका प्रशिक्षार्थीहरुको बेजोड प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो । नेपाली कला तथा सस्कृतिको प्रबर्धन गर्ने हिमालयन भाइभ्सको यस्तो प्रयासबाट प्रभावित भएर प्रवासी नेपाली मंचका अधक्ष्य रमेश थापा, कन्सर्न नेपालका संयोजक डा. तुलसी धरेल तथा एन सी सी यस का सल्लहाकार गोपाल भण्डारी तिनै जनाले हिमालयन भाइभ्सको सहयोगार्थ सस्थाका संयोजक हरि लम्साललाई व्यक्तिगत रुपमा १००\१०० क्यानेडियन डलर प्रदान गर्नु भएको थियो।

कार्यक्रमका उपस्थित सहभागीहरुलाई नया वर्ष २०७५ को अवसरमा प्रवासी नेपाली मंचका अधक्ष्य रमेश थापा, कन्सर्न नेपालका संयोजक डा. तुलसी धरेल तथा एन सी सी यस का सल्लहाकार गोपाल भण्डारी, नेवा गुठिका अधक्ष्य उत्तम माकाजु ,बाग्लुङ्ग सेवा समाजका उपाधक्ष्य भावी न्यौपाने सिर्जनशिल समाजका सचिव विष्णुहरि भण्डारी एन आर एन ए का पुर्व अमेरिकी क्षेत्रीय संयोजक नवराज गुरुङ र स्थानीय मेसि स्क्येरको नेपाली समुदायको तर्फाबाट रचना पौडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रयमलाई समापन गर्दै एन आर एन ए क्यानडा अधक्ष्य गोपी कृष्ण काफ्ले एन आर एन ए क्यानडा सबै नेपालीको छाता संगठन भएकोले स्थानीय तहमा हुने सबै कर्यक्रममा सबै नेपाली कमुनिटि संघ सस्थालाई एकता बद्ध गर्दै सहकार्य गरी अगाडी बढ्ने एन आर एन ए क्यानडाको नीति रहेको कुरा स्पस्ट पार्नु भयो । तयसैगरी वहाले नवागन्तुक नेपालीलाई एअरपोर्ट पिकअप देखि आवास ब्यबस्थापन सम्मका आवस्यक सरसहयोगका लागि एन आर एन ए क्यानडाले सबै तयारी पुरा गरिसको कुराको जानकारी गराउनु भएको थियो । त्यसै गरि कार्यक्रममा वहाले एन आर एन ए क्यानडाको नेपाल भवन प्रोजेक्टले गति लीई अगाडी बढेको र यसलाई छिटो संपन्न गर्न सक्दो सहयोग गर्न पनि सबै लाई आह्वान गर्नु भएको थियो ।

गैह्र आवासीय नेपाली संघ क्यानडाका महासचिव चिरिन्जीवी घिमिरेले संचालन गर्नुभएको भब्य कार्यक्रममा उपस्थित सबैलाई अन्त्यमा एन सी सी यसकी महासचिव तारा थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया