अफ्रिकामा नेपाली नयाँ बर्ष यसरी मनाइयो

इनेप्लिज २०७५ वैशाख २ गते १०:३६ मा प्रकाशित

 

गैर आबासिय नेपाली संघको युगान्डा र नाइजेरिया राष्ट्रिय समन्वय समितीले युगान्डाको कम्पाला र नाइजेरियाको लेगोसमा नयाँ बर्ष २०७५ लाई भब्य रुपमा स्वागत गर्दै नयाँ बर्ष मनाएका छन ।

 

कम्पालामा आयोजित कार्यक्रममा स्थानिय नेपाली कलाकारहरु रमेश कडेल, तेजेन्द्र बिबश र पवन भन्डारीले गीत नृत्य प्रस्तुत गरेका थिए भने संघका आइसिसी सदस्य जीबन पङ्गेनी , अध्यक्ष राज मणि भन्डारी र उपाध्यक्ष बिनोद थापाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसै गरि नाइजेरियामा आयोजित नयाँ बर्ष कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा , आइसिसी सदस्य चिरन्जिबी रोका ,अध्यक्ष जनक बिष्ट र उपाध्यक्ष बिश्वास पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा शंकर बर्माले नारायण गोपालका कालजयी गीत गाउनु भएको थियो भने नेपाली गीत सङ्गीत प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया