जीत लामा टोकियोमा गुञ्जने

इनेप्लिज २०७४ चैत ३० गते ११:१८ मा प्रकाशित

१३ अप्रिल, टोकियो,जापान
नमस्ते ब्याण्डको ३० औं बार्षिक उत्सव र नेपाली नयाँ वर्ष २०७५ को सुअबसरमा यही अप्रिल १५ तारिक आईतबारको दिन टोकियो स्थित यूनिर्भसल सिटीमा हुने विसेष संस्कृतिक कार्यक्रमको लागि नेपाल बाट आमन्त्रित ब्याण्डका सम्पुणं सदस्यहरु टोकियो आई पुग्नु भएको छ ।

अमर गुरुङ्ग पोखरेली, सुदेश कुमार श्रेष्ठ, महेस केसी, सुरज श्रेष्ठ, लगायतका कलाकारहरु संग संगै ठमेलका युबा ब्यवसायी तथा गायककार जीत लामा को पनि निकै आर्कषक र रोचक प्रस्तुती रहने ब्याण्डका संयोजक ईश्वर गुरुङ्गले बताउनु भएको छ । नेपालको पहिलो संगेतिक समुह नमस्ते ब्याण्ड र अन्य पाँच भन्दा बढी ब्याण्डले सहभागिता जनाउन लागेको उक्त कार्यक्रममा प्रवेश भने निशुल्क रहने ब्याण्ड द्धरा जारि गरिएको अपिलमा भनिएको छ ।

प्रतिक्रिया