दुर्घटनामा एघार घाइते

इनेप्लिज २०७४ चैत २७ गते १०:१४ मा प्रकाशित

चितवन, २७ चैत : पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज छुट्टाछुट्टै दुई घटना हुँदा ११ जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझुरेमा पूर्वतर्फ जाँदै गरेको लु १ ख ८९४६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको ना ५३ प ७८३१ नं को मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो । चालक मकवानपुर, मनहरिका २५ वर्षीय मंगलसिंह तामाङ र सोही ठाउँका मोटरसाइकल पछाडि सवार २० वर्षीय संजोग तामाङ गम्भीर घाइते भएकामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सोही ठाउँ नजिकै आज बिहान नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ७३८६ नं को यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा नौजना घाइते भएका थिए ।

प्रतिक्रिया