साकेला पर्ब अमेरिकाको बिभिन्न शहरहरूमा मनाईने

इनेप्लिज २०७४ चैत २२ गते २३:१९ मा प्रकाशित

 

किराँत राईहरुको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि, र रितिरिवाज  संरक्षण र संवर्धन गर्ने  मुल उदेश्यले  स्थापना गरिएको संस्थाभुट्नीज  किराँत राई ओर्गनाईजेसन अफ अमेरिका (ब्रोका)ले २०१४ देखि निरन्तर रुपमा अन्य समुदायहरु संग साझेदारी र समन्वय गर्दैसमृद्ध किराँत समुदाय  निर्माण, किरात राईहरुको  ऐतिहासिक गाथा , मुन्दुम लेखन, संस्कृति र भाषाको अभ्यास, उत्थान र प्रबर्धनकोलागि लगातार रुपमा  काम गरि रहेको छ । संस्थाले भुटानी राईहरुको अभिलेख, राईहरुको मिथक, मुन्दुम र तथ्यको आधारमा प्रत्येक वर्षबिभिन्न संस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ । सदा बर्षझै यस बर्ष पनि ब्रोकाले धेरै शाखाहरुमा  किराँत  राईहरुको महानचाड उभौली साकेला कार्यक्रम निम्न मिति र शहरहरुमा मनाउने तर्जुमा  गरेको छ:

अप्रिल २८ तारिक   भर्मन्ट, म्यई ५ तारिक सिन्सिनाटि, ओहायो,  म्यई १३ तारिक क्लिभल्याण्ड, ओहायो, म्यई १९ तारिक एक्रोन, ओहायो, म्यई २० तारिक स्प्रिङ्फिल्ड, मासाचुसेट्स, जुन ९ तारिक ईरि, पेन्सिलभेनियामा र केन्द्रयीय स्तरको म्यई २७ बाल्टिमोर,म्यारिलन्डमा हुने सबैलाई जानकारी गर्दछौ। बिशेष गरि  वैशाखे पुर्णेको दिन देखी औशि भित्र सम्म मनाईन्ने उभौली साकेला मुलतः मानवजाती र प्राणीहरुमा कल्याण र दिर्घायु कामना  गर्दै सारा जगतमा  सुख-शान्ति र समृद्धि होस भनि भुमि देबको पुजा गर्दै  बिभिन्नचराचुरंगीहरको नक्कललाई नृत्य (शिलि) मा प्रस्तुत गर्दै मनाईने गरिन्छ । सो उत्त कार्यक्रममा  नृत्य  (शिलि)

प्रतियोगिता पनि राखिएको सबै शिलिकारहरुलाई जान्कारी गरौउन चाहान्छौं।

त्यसै गरी म्यई २६ तारिक ब्रोकाको बार्षिक बैठक बिहान ठिक ११ बजे देखि साँझ ५ बजे सम्म बाल्टिमोर शहरमा

हुने ब्यहोरा सबै संस्थाको सदस्यहरु,केन्द्र र शाखाको नेतृत्वहरु,सल्लाहकार,भाषाबिद,बिज्ञहरु र समर्थकहरूलाई सुचित गरिन्छ।

केन्द्रयीय स्तरको साकेला कार्यक्रममा शिलिकारहरुको शिलि नृत्य बाहेक अन्य बिबिध संस्कृतिक प्रदर्शनी, मनोरञ्जनमक रिसिया गायन रनृत्यहरु पनि रहने छ र उक्त बृह्त सांस्कृतिककार्यक्रममा  सम्पुर्ण आमा-बुवा, दाजु-भाई,दीदि-बहिनी,बिभिन्न्नसंघ-संस्थाकापदाधिकारीहरु,शुभ-चिन्तक,पत्राकार,बुद्धिजिबीहरु, स्वयंसेवक र समर्थकहरू सबैलाई यस प्रेस-विज्ञप्ति मार्फत उपस्थित भई दिनआयोजक समिति हार्दिक निमंत्रण  गर्दछौं।

धन्यवाद,

किशोर याम्फु

प्रचारप्र्सार सचिव– ब्रोका (BKROA)

सम्पर्कः 856-986-9066

 

 

प्रतिक्रिया