अफ्रिका टोगोमा छ महिना देखि अलपत्र छ नेपालीको उद्दार

इनेप्लिज २०७४ चैत १७ गते १३:१७ मा प्रकाशित

अमेरिका लग्ने भनेर दलाल द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका ६ जना नेपालीहरु महेश्वर आचार्य , कमल बहादुर धर्ती , मीन बहादुर श्रीस पुन , अशोक पौडेल , जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा आज घर फर्केका छन ।

उनिहरु गत हप्ता नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापा सङ्ग सम्पर्कमा आई उद्दार र घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए । उनिहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनिहरुलाई गत छ महिना देखि पश्चिमि अफ़्रिकि मुलुक टोगोमा राखिएको थियो ।

थापाले उनीहरुको उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार , परराष्ट्र मन्त्री , ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई , बिष्णु गौतम र दुतावास परिवार , एनआरएनए सचिब डि बि क्षेत्री ,एनआरएनए कि वैदेशिक रोजगार अधिकृत स्वेच्छा घिमिरे , एनआरएनए सचिबालय काठमाडौं , एनआरएनए नाइजेरिया परिवार र कान्तिपुर का पत्रकार देबेन्द्र भट्टराईलाई हार्दिक आभार ब्यक्त गरेका छन ।

उनिहरु भोलि बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन ।

प्रतिक्रिया