नेपाली अमेरिकनको हितमा काम गर्न प्रतिवद्ध छु र रहिरहनेछु’ : टेक लामा

इनेप्लिज २०७४ चैत ११ गते २२:४१ मा प्रकाशित

लसएन्जलस । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको सम्पन्न निर्वाचनका सचिव प्रत्याशी टेक लामा वाइवाले सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेपाली अमेरिकनको सामाजिकीकरण र कल्याणकारी यात्रामा आफु प्रतिवद्ध रहेको बताएका छन् । संघको भर्खरै सार्वजनिक गरिएको मत परिणाम पछि सचिव प्रत्याशी लामाले निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको बताउदै आफु एनआरएनएको झन्डा बोकेर लोक कल्याणको यात्रामा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

लामाले निर्वाचनको तिक्तता भुलेर सवै नेपाली अमेरिकनलाई एनआरएनएको झन्डामा गोलवद्ध हुँदै मातृभूमि नेपालको उन्नति र प्रगतिमा एकाकार हुन आग्रह समेत गरेका छन् । स्मरण रहोस लामा हालै एनआरएनए अमेरिकाको नवगठित संस्कृति, कला र कलाकार सम्बन्धि कार्यदलको संयोजकमा नियुक्त भएका छन् । लामाले सामाजिक हितको आफ्नो यात्राको क्रममा सम्पन्न एनआरएनए निर्वाचनमा साथ् दिने पत्रकार, नेपाली जनसम्पर्क समिति, प्रवाशी नेपाली मंच लगायत सम्पूर्ण नेपाली समुदायको अपार साथ् र सहयोग प्रति आफु ऋणी भएको बताउदै यसको लागि सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । उनले भने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न सकिए मात्रै हाम्रो पहिचान कायम हुने हुँदा नेपाली भाषा र संस्कृतिको विकास र संरक्षण गर्न आफुले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताउदै यस अघि जस्तै सम्पूर्ण नेपाली अमेरिकनको सहयोग पाउने बताएका छन् । स्मरण रहोस लामा अमेरिकी भूमिमा नेपाली जातिको पहिचानका लागि सक्रिय रहँदै लामो समय देखि विभिन्न लोक कल्याणकारी कार्यमा समर्पित रहँदै आएका छन् ।

प्रतिक्रिया