अफ्रिकामा चैते दशै

इनेप्लिज २०७४ चैत ११ गते १९:३३ मा प्रकाशित

लेगोस ,नाइजेरिया ,असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने क्रम मै अफ्रिकामा पनि चैते दशै मनाइएको छ ।

विदेशमा रहेता पनि आफ्नो चाड पर्व लाई समय व्यवस्थापन गरि नाइजेरियाको लेगोसमा चैते दशै मनाईएको हो । गैर आबासोय नेपाली संघ नाइजेरिया र केन्याको आयोजनामा आज नाइजेरियाको लेगोस र केन्याको नैरोबीमा आज चैते दशैको उपलक्ष्यमा विविध कार्यक्रमका आयोजना भएका छन् ।

संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाको आयोजनामा नाइजेरियामा सम्पन्न पुजा र भेटघाट कार्यक्रम र नैरोबीमा सम्पन्न कार्यक्रमको केन्या अध्यक्ष कृष्णदत्त भट्टले संयोजन गरेका थिए ।

असोजमा बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । केन्याका कार्यक्रममा अफ्रिका उप संयोजक डा भुवन ढकाल समेतको उपस्थिति रहेको थियो । यसै गरि नाइजेरियाको कार्यक्रममा संघका नाइजेरिया अध्यक्ष जनक बिस्ट , अन्तरास्ट्रिय महिला उप संयोजक मन थापा र आइसिसी सदस्य चिरन्जिबी रोकस समेतको उपस्थिती थियो ।

चैते दशैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, धरानको दन्तकाली ,दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवती ,काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ भने राम नवमी र चैते दशैं आज एकै दिन परेको छ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

प्रतिक्रिया