अमेरिकाको आयोवा राज्य निवासी कम्प्युटर ईन्जिनियर राधेश पण्डितको प्रायस र प्रायोजकमा बिरेन्द्र क्याम्पस भरतपुर चितवनमा साईबर अपराध र सुरक्षा अभियान सम्पन्न, करिब १,५०० बिद्यार्थीहरु लाभान्वित ।

इनेप्लिज २०७४ चैत ११ गते १३:४६ मा प्रकाशित

चितवन, मार्च २४, २०१८ – अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएका कम्प्युटर ईन्जिनियर तथा सफल ब्याबसायी राधेश पण्डितको प्रयास र प्रायोजकमा बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा साईबर सेक्युरिटी ईन्टरन्यासनल द्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगातमक प्रशिक्षण सम्पन्न गरिएको छ ।

क्याम्पसका सबै बिषयमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरि उक्त कार्यक्रम गरिएको थियो । क्याम्पस प्रमुखको सहकार्यमा २ महिनाको अबधिभरमा १५ वटा कार्यक्रम संञ्चालन गरिएको थियो भने कार्यक्रममा करिब १५०० (पन्ध्र सय) बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरु र अन्तिम दिन क्याम्पस प्रमुख गोबिन्द सापकोटले  प्रमुख अतिथ्य गर्नु भएको थियोग भने प्राध्यापक मिलन सर्माले समन्वय गर्नु भएको थियो । कार्यक्रमको सुरुमा प्रमुख अतिथी क्याम्पस प्रमुख गोबिन्द सापकोटाले सहभागि बिद्यार्थीहरुलाई साईबर अपराधको न्युनिकरण अहिलेको आबश्यकता रहेको र यो कार्यक्रमलाई अमेरिका देखि क्याम्पस सम्म लैजान प्रयास र प्रायोजक गर्नुहुने राधेश पण्डित ज्युलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमको अन्तिम दिन अन्य प्रधापकहरुहरु र MBS, MA, MED, Bio का बिद्यार्थीहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

प्रमुख अतिथीको मन्तब्य पछि प्रायोजक राधेश पण्डितले अमेरिकाबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सन्देशमा पण्डितले हामिले प्रयोग गर्ने प्रबिधीहरु साधारहण जस्तो लागे पनि त्यो साधाहरण नभएको र प्रयोगकर्ताले प्रयोग गर्दा सुरक्षित भएर चलाउनु पर्ने भन्दै साईबर सुरक्षाको प्रशिक्षणले बिधार्थीहरुलाई फाईदा पुर्याउने कुराको जानकारि दिनु भएको थियो ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलका प्रशिक्षक पुजा गुरुङ्ग, र मन्जु मगरले साईबर अपराध र सुरक्षाको उपायहरु बारे सहभागि बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतेक कार्यक्रमको अन्तमा प्राध्यापकहरु र सहभागि बिद्यार्थीहरुले कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको प्रतिकृया भिडियो मार्फत दिएका थिए ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।

प्रतिक्रिया