एनआरएन भर्जिनिया शाखाको पहलमा “असल कारणको लागि साथ ” नामक भेला कार्यक्रम हुने

इनेप्लिज २०७४ चैत ९ गते १:३७ मा प्रकाशित

विजय थापा ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिका को एनआरएन भर्जिनिया शाखाले “असल कारणको लागि साथ ” नामक भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिशेष गरि उत्तरी भर्जिनियामा रहेका सबै सघ/संस्थालाई समेट्दै आगामी अप्रिल ७ तारिख भेलाको आयोजना गर्ने भएको जानकारी संस्था द्वारा जारी छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरेको छ ।

हाम्रा साझा उद्धेश्य प्राप्ति गर्न र हामी मजबुत ,सफल ,प्रभावकारी तथा सम्बृद्ध समाज निर्माण गर्न हामि विश्व मै नेतृत्व गर्दै आएको एनआरएन संस्था एकता ,सहयोग तथा सहकार्य मा विश्वास गर्दछ भनि उल्लेख गरेको छ ।

यसको साथै एनआरएन भर्जिनिया शाखाले स्थानीय सवै संघ/संस्था संग हातेमालो काम गर्न इच्छुक रहेकोले “असल कारणको लागि साथ “सहित उद्देश्य रहेकोले सबै संघ/संस्थाका पदाधिकारी सहित सहभागी हुन् सवैमा अनुरोध गरेको छ ।

एनआरएन भर्जिनिया शाखाका सचिव सुरेश अधिकारीले छापा बिज्ञप्ति जारी गर्दै कार्यसूची(एजेन्डा) सहित सार्वजनिक गरेका छन् । कार्यक्रम २ देखि ५ बजे सम्म हुने छ भने कार्यकम फेयर फ्याक्स मा हुने भएको छ ।

यसै गरि ३ वटा कार्यसूची(एजेन्डा ) मा पहिलो एनआरएन भर्जिनिया शाखाको गतिविधि ,दोश्रो साझा कार्यसूचीको लागि समान आधार को खोजी गर्दै सहकार्य बारे छलफल गर्ने र अन्तिम, तेश्रो उत्तरी भर्जिनियामा सामुदायिक केन्द्र बारेमा थप जानकारी गराउने रहेका छन ।

छापा विज्ञप्तिको पूर्ण पाठ जस्ता को तस्तै :

प्रतिक्रिया