राजेन्द्र विमललाई मैनाली कथा पुरस्कार

इनेप्लिज २०७४ चैत ७ गते १३:०१ मा प्रकाशित
विश्वदूत शर्मा
१९ मार्च, वाशिंटन डिसी
साहित्यिक पत्रकार संघले प्रदान गर्ने गरेको मैनाली कथा पुरस्कार २०७४ का लागि कथाकार राजेन्द्र विमललाई प्रदान गरिने भएको छ । विसं २०३८ सालमा चैत १३ देखि १९सम्म सप्ताहव्यापि कथा सम्मेलन गरेर सोही सम्झना जीवन्त राख्न चैत १९ लाई कथा दिवसको रुपमा मनाउने तथा आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीका छोराहरु डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा मैनाली कथा पुरस्कार सोही वर्ष स्थापना भएको थियो । स्थापना कालमा  यो पुरस्कारको राशी एक हजार थियो भने हाल यो राशी एक लाख एक हजार भएको छ ।
मैनाली कथा पुरस्कार प्राप्त गर्ने राजेन्द्र विमल २९ औं कथाकार हुन् । मूलत: मैथिलीभाषी यि कथाकारका २ कथा सङ्ग्रहहरु प्रकाशित छन् । यिनको पहिलो कथा सङ्ग्रह “राजेन्द्र विमलका कथाहरु” वगर फाउण्डेसन नेपालले २०६२ सालमा प्रकाशन गरेको थियो । त्यसमा १९ कथाहरु सङ्ग्रहित थिए भने १७ कथाहरुको दोश्रो कथा सङ्ग्रह २०६९ सालमा प्रकाशित भएको थियो ।
वार्षिक रुपमा प्रदान गरिंदै आएको यो पुरस्कार २०६१ प्रत्येक २ वर्षमा दिइने निर्णय गरिएको थियो भने २०६३ सालमा प्रत्येक ३ वर्षमा दिइने निर्णय भयो । हाल पुन प्रत्येक २ वर्षमा एक लाख एक हजार दिइने निर्णय भएको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले विश्वपरिक्रमालाई टेलिफोनवाट वताउनु भयो । यसअघि यो पुरस्कार पाउने कथाकारहरु यसप्रकार रहेका छन्:
भाउपन्थी          २०३८
मनु ब्राजाकी २०३९
मोहनराज शर्मा  २०४०
माया ठकुरी  २०४१
कुमार ज्ञवाली २०४२
विश्वम्भर चञ्चल २०४३
जगदीश घिमिरे २०४४
प्रेमा शाह           २०४५
खगेन्द्र सङ्ग्रौला  २०४६
पद्मावती सिंह  २०४७
भागिरथी श्रेष्ठ २०४८
सनत रेग्मी           २०४९
सन्तोष भट्टराई २०५०
मुरारी अधिकारी  २०५१
राजव          २०५२
इन्दिरा प्रसाईं  २०५३
ध्रुव सापकोटा  २०५४
नगेन्द्रराज शर्मा २०५५
मुरारी अधिकारी  २०५६
नारायण ढकाल २०५७
माधव भ“डारी २०५८
गोविन्द गिरी प्रेरणा २०५९
गोपाल पराजुली २०६०
महेशविक्रम शाह २०६१
किशोर पहाडी २०६३
इस्माली          २०६६
अविनाश श्रेष्ठ २०६९
नयनराज पाण्डे          २०७१
त्यसैगरी साहित्यिक पत्रकार संघले कथा दिवसका अवसरमा मूर्धन्य कथाकारहरुलाई सम्मान गर्दै पनि आएको छ । वरिष्ठ कथाकारहरु मदनमणि दीक्षित, गोविन्द वहादुर मल्ल गोठाले, ध्रुवचन्द्र गौतम, परशु प्रधान लगायतलाई सम्मान गरिसकिएको छ ।
(www.vpkonlinenews.com को सौजन्य)

प्रतिक्रिया