बिशेष ताजा समाचार :टेक्सस अस्टिन का बमबर्षक क्रमिक हत्याराले विस्फोटक उपकरण पड्काएर आफै मरे

इनेप्लिज २०७४ चैत ७ गते १०:४८ मा प्रकाशित

मार्च २१ ,बुधबार ,६ बजे ,अमेरिकाको टेक्सस राज्यको अस्टिनमा क्रमिक रुपमा विस्फोटक उपकरण पड्काएर आतंक मच्याई रहेका संदिग्ध व्यक्ति मारिएका छन् । ३ हप्ता देखि उनलाई प्रहरी,गुप्तचर तथा सुरक्षा निकायका सवैले व्यापक खोजि गरी उनको पहिचान गरेका थिए ।

उनको पहिचान भए पछि प्रहरीले उनलाई पछ्याउने क्रममा उनलाई टेक्सस कै अस्टिनको राउण्ड रकमा फेला पारे पछि उनलाई पक्राउ गर्ने क्रम र पछ्याउने क्रममा उनले आफैले ल्याएको विस्फोटक उपकरण बिस्फोट गरि आफैले आफनो ज्यान गुमाएको जानकारी प्रहरीले दिएका छन् ।

उनको मृत्यु भए पछि अहिले बिहान टेक्ससको राउण्ड रक को स्थानीय समय ५ बजे अस्टिन प्रहरी विभागका प्रमुख ब्रायन म्यानलेले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन् । उनलाई पक्राउ गर्ने उद्धेश्य भएता पनि उनले आफैले विस्फोटक उपकरण चलाए पछि पप्रहरी अधिकृतले बन्दुक चलाएका ब्रायनले बताए ।

उनले पत्रकारलाई जानकारी दिदै एक प्रहरी अधिकृत समय चोट लागेको बताए । उक्त मारिने बम बर्षक क्रमिक हत्यारा २४ बर्षिय पुरुष भएको पत्ता लागेको छ भने अन्य जानकारीको खोजि गरिने र पछि जानकारी दिने प्रमुख ब्रायनले बताए ।

उनले जानकारी दिने क्रम मै उनि बिगत २४ घण्टा सम्म कहाँ थिए र के गर्दै थिए  थाहा नभएको ब्रायनले बताए । चिकित्सा बिभागले उनको शवको जाच गरे पछि मात्र उनको बारेमा बताइने ब्रायनले जानकारी दिए ।

उनि बास बसेको अतिथि गृहलाई घेराउ गर्दै संघीय गुप्तचर पुरा तैनाथ भएको अवस्थामा संदिग्ध व्यक्ति आफ्नो सवारी साधन लिएर भागेका थिए । तर उनको सवारी साधनलाई सडक मै रोकिएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहिलाई सामाजिक संजाल मार्फत स्याबासी दिएका छन् ।

उनले ५ ठाउँमा विस्फोटक उपकरण पड्काएका थिए जसको कारण २ जना को ज्यान गएको थियो । गत मार्च २ तारिख देखि यो बम पड्काउने क्रम सुरु भएको थियो ।

प्रतिक्रिया