सात हजारभन्दा बढीले रौतहटबाट एसइइ दिँदै

इनेप्लिज २०७४ चैत ६ गते १०:३८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
चैत ८ देखि हुने एसइइमा रौतहटबाट सात हजार भन्दा बढी परीक्षार्थी सामेल हुँदैछन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै जिल्ला शिक्षा अधिकारी राम विनय कुमार सिंहले जिल्लामा सामुदायिक विद्यालय ६९ वटा, खुल्ला विद्यालय एउटा तथा संस्थागत विद्यालय १७ रहेको बताएका छन् । यसै गरी पाँच वटा प्राविधिक विद्यालय रहेको जिशिकाले जनाएको छ । चैत ८ बाट सुरु हुने परीक्षामा ९२ वटा शैक्षिक संस्थाको सहभागिता रहने जिशिकाले जनाएको छ ।

परीक्षार्थीको बढ्दो चापलाई हेरेर र विद्यार्थीलाई धेरै मर्का नपर्ने गरी परीक्षा केन्द्रको संख्या बढाइएको छ । जिल्लामा यो वर्ष ३० वटा परीक्षा केन्द्र कायम गरिएको जिशिअ सिंहले जानकारी गराएका छन् ।

चैत ९ देखि सुरु हुने परीक्षामा ७ हजा दुई सय ९६ परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ६ हजार छ सय ८६ तथा प्राविधिकतर्फ एक सय ९२ र एक्जेम्पटेड तर्फ चार सय १८ परीक्षार्थी सहभागी हुने जिशिअ सिंहले जानकारी गराएका छन् ।
सबै परीक्षा केन्द्रको केन्द्राध्यक्ष तोकिसकिएको र परीक्षाको कापी तथा प्रश्नपत्र केन्द्रसम्म पु¥याउने काम पनि आन्तरिकरुपमा सम्पन्न हुन लागेको बताउँदै जिशिअ सिंहले एसइइ परीक्षालाई शान्ति र मर्यादित सम्पन्न गर्न समाजका सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक रहेकोले सहयोगका लागि अपील गरेका छन् ।

प्रतिक्रिया