नेवाः अर्गनाईजेसन अफ अमेरिका को सराहना सहित मध्यान्ह भोजन कार्यकममा नाचगान प्रस्तुति

इनेप्लिज २०७४ चैत ४ गते १:५८ मा प्रकाशित

विजय थापा ,डिसी महानगर क्षेत्रमा १८ बर्ष अगाडी स्थापना भएको मुनाफा रहित सामाजिक संस्था नेवाः अर्गनाईजेसन अफ अमेरिका(एनओए) को सराहना सहित मध्यान्ह भोजन कार्यकममा सांगीतिक प्रस्तुति सहित सम्पन्न भएको छ ।

अनौपचारिक कार्यक्रम भएता पनि संस्थाका संस्थापकहरु,पूर्व अध्यक्षहरु ,आमन्त्रित डिसी क्षेत्रका अन्य सघ/संस्थाका प्रतिनिधि ,लब्ध प्रतिष्ठित नेपाली समुदाय सदस्यहरु ,एनपीपीए का अध्यक्ष राजु जोशी ,वर्ल्ड नेवा अर्गनाईजेसनका अध्यक्ष सिजन श्रेष्ठ ,अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष नगेन्द्र पौडेल ,एन ओ ए का पूर्व अध्यक्ष राजेश श्रेष्ठ ,एनपीपीए का पूर्व अध्यक्ष सरोज प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

भाषा ,संस्कृति तथा कला लाई जगेर्ना तथा प्रबर्धन गर्ने उदेस्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले इन्द्र जात्रा (येन्या पुन्ही ),नेपाल सम्बत ,मह पूजा ,केयेटा पूजा ,सराहना सहित मध्यान्ह भोजन कार्यकम ,यमरी पुन्ही समारोह लगायत अन्य महत्पूर्ण कार्यक्रम गर्दछ ।

कार्यक्रमक सुरुवात कलाकार लोचनी तारा शाक्य को बज्र योगिनी नृत्य प्रस्तुति गरेकी थिइन् । उनका पिता प्रख्यात नृत्यांगना तथा नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले बज्र योगिनी को बारे तथा आफ्नो छोरीको बारेमा बताए । उनले अढाई बर्ष देखि नै नृत्य गर्न सिकेको बताएका थिए ।

कार्यक्रममा मन्तब्य राख्नेहरुमा एओए का संस्थापक मध्ये कै एक प्रविन श्रेष्ठ तथा डिसी स्थित नेपाली राजदुताबासका आर्थिक सल्लाहकार कैलाश राज पोख्रेलले मन्तब्य राखेका थिए ।

पोख्रेलले संस्थाले बिदेशमा पनि नेपालको कला ,भाषा ,संस्कृति जगेर्ना गर्न र युवा पिढीहरुलाई यस्ता कुराहरु सिकाउन मदत गरेकोमा प्रशंसा गरे । पोख्रेलले अगाडी भने अब नेपाल संग कसरी सम्बन्ध वृद्धि गर्ने तथा उद्यमशीलता गर्दै जाने कि भन्ने सुझाव राखे ।

यसै गरि एनओए कि अध्यक्ष बबिता प्रधान श्रेष्ठले स्वागत गरेकी थिइन् भने महा सचिव महेन्द्र प्रधानले संस्थाका गतिबिधि बारेमा जानकारी गराएका थिए । यसै गरि सांगीतिक कार्यक्रम तर्फ सुजय श्रेष्ठले नेपाली तथा हिन्दि गीत प्रस्तुत गरेका थिए ।

यसै गरि पासा ब्याण्ड (संगीत मण्डली)का आशिस बदेल ,अनुग श्रेष्ठ र प्रविन कार्की तथा सहयोगी को रुपमा पुस्कर प्रजापतिले ३ वटा नेवा गीत गाएका थिए । यसै गरि संस्थाका प्रथम उपाध्यक्ष पुस्कर प्रजापति ,महा सचिव महेन्द्र प्रधान ,द्वितीय उपाध्यक्ष सुशील श्रेष्ठ ,सुगन्ध श्रेष्ठ ,अमेरिका नेपाल महिला संघकि अध्यक्ष बिजया शाह तथा यसिला श्रेष्ठले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया