यी कस्ता युवक जो जिउँदै सर्प खान्छन्, १०० भन्दा बढी सर्पले डस्दा समेत किन केहि हुन्न उनलाई [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७४ चैत २ गते १०:३७ मा प्रकाशित

तपाइँलाई सर्पदेखि कत्तिको डर लाग्छ? ‘निकै लाग्छ नि! प्राय सबैको जवाफ यस्तै अाउँछ। अझ सर्पलाई समात्न पर्यो भने, सर्प देख्ने वित्तिकै टाप कस्ने तपाइँ हामी प्राय सर्प समात्ने त कल्पना पनि गर्न सक्दैनौं । तर पाल्पा जिल्लाको अर्गलीका सागर पाण्डेलाई सर्प समात्नु सामान्य कुरा हो।

सर्प देख्ने वित्तिकै टोक्छ भन्ने जोकोहीलाई २१ वर्षीय सागरको कला देख्दा अचम्म लाग्छ। उनि सर्प समात्ने मात्र होइन। सर्पलाई शरीरका विभिन्न अंगहरुमा खेलाउँछन्। सर्पहरु घाँटीमा बेरेर शरीरको जुनसुकै भागमा खेलाउन खप्पिस छन् उनी।

सर्पसँग आफ्नो सामिप्यता गाँसेका सागरले हालसम्म सामान्य सर्पदेखि सबैभन्दा खतरनाक मानिने किङ कोब्रासम्म गरी ५ सय बढी सर्पहरु समातिसकेका छन्। २१ वर्षिय सागर चिन्ने उपनाम पनि छ –‘सर्प समात्ने मान्छे’ र ‘स्नेकर म्यान’। उनले छोटो समयमै पाल्पा तथा छिमेकी जिल्लामा आफूलाई स्नेकर म्यानको रुपमा चिनाउन सफल भएका छन्।

सागरले आजभन्दा ६ वर्षअघि पहिलोपटक सर्प समातेका हुन्। त्यो बेला १५ वर्षका थिए उनी। उनको काकाकी छोरी जन्मिएको २-३ दिनमात्र भएको थियो। ‘त्यो बेला बहिनी रहेको कोठामा सर्प पसिरहेको थियो ’उनले भने,–‘म केही नसोची बहिनीलाई सर्पले डस्ने डरले उनको रक्षाको लागि त्यो सर्पलाई समातेँ।’ एकपटक सर्प समातिसकेपछि उनको तन्नेरी जोस बढयो। उनको मनमा मैले सर्प समात्न सक्दो रहेछु भन्ने भान बढ्यो। त्यसपछि भने उनले गाँउघरमा कतै सर्प देख्नासाथ समात्न थाले।

सागरले यसरी सर्प समात्यो भन्ने गाउँमा ठूलो हल्ला चल्यो। त्यो चर्चा क्रमश गाउँ हुँदै जिल्ला, छिमेकी जिल्लाहरुमा भयो। सागरले पनि आफूले सर्प समात्दा धेरै व्यक्तिको ज्यान बँच्छ भने किन नसमात्ने भनेर सर्पहरु समात्दै गए। उनलाई क्रमश सर्पसम्बन्धी फोनहरु आउँन थाल्यो। उनि छिमेकी जिल्लाहरुसम्म पुुगेर सर्प समात्न थाले। अहिले जिल्लामा मात्र नभएर छिमेकी जिल्लामा कसैको घरमा सर्प पस्या भने सागरलाई फोन आउँने उनी बताउछन् ।

सागरले जब सर्प समात्न थाले तब घरका सबै सदस्यहरु डराए। यस्तो काम गर्न हुँदैन भनेर परिवारका सदस्यहरुले सम्झाउन थाले। सर्पले टोकेर ज्यान नै जानसक्छ भन्दै सबैजनाले उनलाई आउँदा दिनमा सर्प नसमात्न आग्रह गर्थे। तर उनले सर्पहरु समातेर घरमा लगेर राख्न थाले। त्यति बेलासम्म उनको चर्चा गाउँमा राम्रैसँग भएको थियो।

उनको घरमा विज्ञान पढेका विद्यार्थीहरु पुग्न थाले। तिनीहरुले यो राम्रो काम हो भन्थे। ‘उहाँहरु आफू सुरक्षित भएर सर्प समात्नुु राम्रो हो, यसबाट धेरै कुराहरु सिक्न पाईन्छ भन्नुहुन्थ्यो’ सागर भन्छन् ‘त्यसपछि सबैजना सकारात्मक हुुनुुभयो।’ उनले राम्रोसँग बुुझेका छन् सर्पलाई केही नगरे त्यसले केही गर्दैन।

सागरले हालसम्म आईपुग्दा ५ सय बढी बिभिन्न जातका सर्पहरु समातिसकेका छन् । उनलाई १ सय ५० पटक भन्दा बढी सर्पले टोकेको छ। तर अचम्मको कुरा के छ भने सर्पले टोक्यो भनेर उनि हालसम्म अस्पताल नै जानुपरेको छैन। ‘म आफै अचम्म पर्छु , मानिसहरुलाई विभिन्न रियाक्सनहरु देखाउँछ तर मलाई अहिलेसम्म त्यस्तो केही रियाक्सन देखाएको छैन।

अहिले मलाई एकसय पटक भन्दा बढी सर्पले टोकेको छ, तर मैले कुनै उपचार गराउने गरेको छैन्’–उनी भन्छन्। सर्पले टोकेपछि घरेलु उपचार पनि गराएको छैनन्। सर्प समात्नका लागि उनीसँग कुनै उपकरण छैन। उनी नाङगो हातले नै सर्प समात्छन्।

हिजोआज उनको घरमा सर्प हेर्न दैनिक १०-१५ जना मानिसहरु पुुग्ने गरेका छन्। सबैजना आश्चर्यमा पर्छन उनको कला देखेर। उनी घरमा आउँने व्यक्तिलाई सर्पबारे आफूले जानेका कुराहरु बताउँछन्। गर्मी सिजनमा त उनलाई सर्पसम्बन्धि दैनिक १०-१२ कल फोन आउँछ। जिल्लाभित्रबाट मात्र नभई अन्य जिल्लाहरुबाट समेत मानिसहरु उनलाई फोन गर्छन्। ‘नजिक भए हाम्रो घरमा सर्प पस्यो तपाइँ आउँनुपर्यो , टाढाभए यस्तो सर्प पस्यो के गर्ने होला भन्दै सल्लाह माग्नुहुन्छ ’सागर भन्छन् । उनी सम्भव भएसम्म आफै पुुगेर सर्प समाउँछन् नत्र फोटोहरु पठाउँन लगाउँछन् र त्यसैको आधारमा राय दिन्छन्।

उनी विभिन्न जिल्लाका मेला महोत्सव तथा साँस्कृतिक कार्यक्रमहरुमा पुुग्छन्। आफ्नो सर्पको कला प्रस्तुत गर्छन संगै सर्पसम्बन्धि केही जानकारी पनि दिन्छन्। उनी भन्छन् ‘सर्पहरु मार्नु हुँदैन। सर्पहरु पनि एउटा वातावरणमा चाहिने प्राणी हो। यसलाई पनि संरक्षण गर्नुपर्छ जस्ता कुराहरु बताउँदै सर्पको संरक्षण गर्नका लागि अनुरोध गर्ने गरेको छु।’

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?time_continue=24&v=OdYp1r0TnOE

प्रतिक्रिया