अमेरिकामा गाडीले ठक्कर दिदा किन पांग्रा बाल्ने ,चक्का जाम ,हड्ताल तथा चालकलाई सांघातिक हमला गर्दैनन् ? 

इनेप्लिज २०७४ फागुन ३० गते १:०६ मा प्रकाशित
 विजय थापा ,अमेरिकामा कुनै पनि सवारी साधनले कसैलाई ठक्कर दिएको छ भने नेपाल जस्तो चक्का थप्प गर्न पाइदैन । नेपाल जस्तो गाडी को पाङ्ग्रा बाल्न पाईदैन । यसको साथै बाटो रोकेर हड्ताल गर्न पाइदैन । यसको अर्थ यो हो की कानुनलाई आफ्नो हातमा लिन खोज्न पाइदैन । त्यो काम सरकार र प्रहरी बिभागको हुन्छ । 
 
प्रहरीहरुले यदि पैदल यात्री मृत्यु भएको छ या सख्त घाइते भएको छ भने अस्थाई समयको लागि बाटो बन्द गरि सत्य ,तथ्य र मुचुल्का निकाले पछि बाटो खुला गरि दिन्छन । अमेरिकामा कसैलाई ठक्कर दिएको छ भने पनि चालकहरु प्रहरीहरु न आउन्जेल त्यही बस्ने गर्छन । कानुन कडा भएकोले उम्किन पाइदैन । यदि भाग्यो भने ठुलो जरिवानाको साथै कारागार को समय अवधि झन् थपिने हुन्छ । 
 
अधिकांश भाग्दैनन । तर रातिको समय या मादक पदार्थ सेवन गरेको छ भने ठक्कर दिने र भाग्ने पनि गर्छन । तर प्रहरीले पत्ता अधिकांश लगाउछन । नभाग्नु र सहयोग गर्नु भन्ने भएकोले चालकले सहयोग गर्छन । कैयौ स्थानमा हिर्काएर भागेकाहरु कहिले पनि भेटिदैनन् । अमेरिकामा अंग्रेजी मा भनाई छ ” हिट एण्ड रन ” को परिणाम गम्भीर पनि हुन्छ । त्यसैले सुईकुच्चा ठोक्ने काम बन्द गर्नु पर्छ । बाटो अबरुद्ध गरेर र हड्ताल गरेर क्षति पूर्ति पाइदैन । 
 
बिमा संस्थानले आफ्नै मिलाई दिन्छन तर ज्यादै पैसा दिनु पर्छ भनेर मोलतोल अर्थात् पैदल यात्रीको नै दोष देखाई कम रकम तिर्नु परोस भन्ने पनि चाहन्छन । 
 
गाडीले हिर्काएर भागे पछिका परिणामहरु : आफ्नो सवारी साधनले कसैलाई हिर्कायो भने सवै भन्दा पहिला कुलेलाम ठोक्ने भन्ने विचार आउछ तर त्यस पछिको परिणाम हामीलेआफैले भोग्नु पर्छ ।
 
अमेरिकाका हरेक राज्यमा यस सम्बन्धि आफ्नै हिसावले व्याख्या गरेका हुन्छन । गाडीले पैदल यात्रीलाई ,अर्को गाडीलाई तथा कुनै पनि वस्तुलाई हिर्काउन सक्छ । यसको साथै जनावर लाई पनि गाडीले हान्न सक्छ । 
 
दुर्घटना हुने बित्तिकै घटना स्थलमा आएर उपस्थिति भएमा धेरै कुरा र दण्ड,जरिवाना तथा अन्य कुरा बाट बच्न सकिन्छ । अमेरिकाको कैयौ राज्यमा गाडी राख्ने ठाउमा पनि गाडीलाई हिर्काइयो भने आफूले बिमा या सवै सूचना त्यो गाडीको अगाडिको सीसामा सानो कागजमा लेखेर छोड्नु पर्छ । 
 
गाडीले हिर्काएर भाग्यो भने फौजदारी दण्ड लाग्ने : अमेरिकामा भुलेर पनि त्यसो भएमा बेपत्ता नहुनु होला । अवस्था हेरेर फरक राज्यले फरक दण्ड लगाउद्छ । 
 
गाडीले हिर्काएर भाग्यो भने अपराध ठहर गर्दै गम्भीर दण्ड मा परिने हुन्छ । केहि राज्यहरुमा $ ५ हजार डलर देखि $ २० डलर सम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।
 
यसको साथै घाइते र कसरी सवारी साधन चलाएको छ र हिर्काएर भागेको छ भने केही राज्यहरुले १५ बर्ष सम्म को कैद पनि गर्दछन । 
 
स्मरण रहोस ,हिर्काएर भाग्यो (हिट एण्ड रन ) भने अपराधिक कार्य भन्दा खराव आचरण ( मिस डिमिनर ) भनेर वर्गीकृत गरिन्छ । केही राज्यमा खराव आचरण ( मिस डिमिनर ) केही मानिसलाई सामान्य सुनिएता पनि $ ५ हजार डलर सम्म जरिवाना तथा १ बर्ष सम्म कैद हुन् सक्ने हुन्छ ।
 
यस्ता दण्ड सजाय आदि कुराहरुको निर्धारण सवारी साधन बिभागले गर्दछ । हिर्काएर भागेमा चालक अनुमति पत्र रद्ध पनि हुन् सक्छ । केही राज्यहरुमा ६ महिना सम्म हुन्छा भने केही राज्यहरुमा ३ बर्ष सम्म पनि चालक अनुमति सम्म खारेजी हुने प्राबधान छ । 
 
यति मात्र हैन, केही राज्यमा दुर्घटनाको प्रवृति र अवस्था हेरेर जीवनकालको लागि सवारी साधन चालक अनुमति पत्र रद्ध समेत हुन्छ । दुर्घटना भए पछि अदालतले औषधि खर्चको बिजक ,गुमाएको मजदुरी तथा अन्य सम्पत्ति नासको समेतको मुद्धा पर्द्छ । र त्यसमा सम्झौता भए पछि मुद्धा मिलापत्र समेत हुन्छ । 
 
यसको साथै केही राज्यमा क्षतिपूर्ति तीन गुना समेत दण्ड तिर्नु पर्ने हुन्छ । $ ५ हजार डलर दण्ड तिर्नु भनि तोकेको छ भने न्यायाधिसले तीन गुना अर्थात् $ १५ हजार डलर दण्ड जरिवाना तिर्नु पर्छ । 
 
आश्चर्य को कुरा के छ भने यसरी तीन गुना लगाइएको जरीवाना दण्ड भने बिमाले क्षतिपूर्ति भुक्तान गर्दैन  । हिर्काउने र भाग्नेले स्वयम्ले तिर्नु पर्छ ।
 
तसर्थ अमेरिकामा कुनै पनि नेपाली समुदायको यस्ता घटना भए नभाग्ने ,प्रहरीलाई सूचना दिने र बिमालाई खबर गर्नु पर्छ । र परिवारले पनि नेपाल जस्तो चक्का जाम ,हड्ताल गरे पैसा र क्षति पूर्ति लिन सकिन्छ भन्ने मानसिकता राख्नु हुदैन । सडकमा गाडीको पाङ्ग्रा बाल्ने र जाम गरेमा तपाई स्वयम् लाई कैद गरिन्छ । कुनै पनि नेपालीले गर्दैनन ! र ,अहिले सम्म त्यसो गरेका पनि छैनन ।
 
यसको साथै बाटो काट्दा ख्याल गरेर हरियो बत्ती बलेको स्थान बाट मात्र सडक काटे राम्रो हुन्छ । दुर्घटना बाट बच्न सकिन्छ । बीच सडक बाट बाटो नकाटौ । 

प्रतिक्रिया