ताजा समाचार : राष्ट्रपति ट्रम्प द्वारा विदेश मन्त्रि रेक्स टिलरसन् हटाईए

इनेप्लिज २०७४ फागुन २९ गते १४:०६ मा प्रकाशित

अमेरिकाकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रि रेक्स टिलरसन् हटाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा उनलाई हटाएको लेखेका छन् । यसको साथै उनले गरेको सेवाको लागि पनि धन्यवाद दिएका छन् ।

यसको साथै उनले सीआइएका निर्देशक माइक पोम्पियोलाई नया विदेश मन्त्रि बनाएको समेत घोषणा गरेका छन् । यसको साथै ट्रंपले जिना हस्पेल लाई सीआईएकि नया निर्देशक बनाएको घोषणा समेत गरेका छन् । उनि सीआइए कि प्रथम महिलामा नियुक्त भएको समेत राष्ट्रपतिले सामाजिक संजालमा लेखेका छन् ।

६ महिना देखि सहित विदेश मन्त्रि रेक्स टिलरसन्ले ट्रंपको बारेमा निजि भेटघाट कुरा काट्ने गर्ने गरेकोले उनलाई बर्खास्त गरेको सीएएनले लेखेको छ ।

गत शुक्रबार नै रेक्स टिलरसन् लाई हटाउने संकेत दिइएको थियो भने माइकलाई महिनौ दिन देखि नै विदेश मन्त्रि बनाउने ट्रंप को ईच्छा रहेको समेत सीएनएन ले लेखेको छ ।

अहिले सम्म अमेरिकाको ईतिहास मै छोटो समयमा यसरी व्हाइट हाउस बाट बर्खास्त हुने ,हटाउने ,निस्कासितमा पर्ने वर्तमान राष्ट्रपति को पालामा किर्तीमान भएको छ ।

अहिले सम्म दर्जनौ हटाई सकेका छन् भने र कैयौले आफै छोडेका छन् । कसको पालो कहिले आउने हो भन्ने चर्चापरिचर्चा हुन् थालेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रंप रिपब्लिकन दलले नजिताएको उनि स्वयम जनताको मतले जितेकोले उनको निर्णयमा कोही चुईक्क बोल्न सक्दैनन् । किनभने उनलाई चुनाव मा दलका हस्तिहरूले पनि सहयोग गरेका थिएनन  l

प्रतिक्रिया