अमेरिका छिरेका एकल विवाहित तथा अविवाहित महिला/पुरुष या छोराछोरीलाई नजदिक बाट किन निगरानी राख्नु पर्छ ?

इनेप्लिज २०७४ फागुन २९ गते १:५२ मा प्रकाशित

विजय थापा ,नेपालमा मानिस भेटिन्छन तर अमेरिकामा भेटिदैनन । नेपालमा तपाई हराउन सक्नु हुन्न तर अमेरिकामा हराउन सक्नु हुन्छ ,यो भनाई नेपाल फर्केका नायक सरोज खनालले भनेका हुन् ।

उनले किनभने र के स्वार्थ थियो भन्ने तर्फ नलागौ । अहिले हरेक घरका कोही न कोही विदेश हुन्छन । त्यसमा पनि अलिक धनाड्य वर्ग अमेरिका ,अस्ट्रेलिया बेलायत तथा अन्य युरोपका मुलुक जाने गर्छन । विविधता चिट्ठाको कारण सामान्य या मध्यम वर्ग पनि अमेरिका आएका छन् ।

सवैको प्राथमिकता भनेको अमेरिका । सर्वप्रथम जो पनि अमेरिका आउने कोसिस गर्छन त्यसपछि अन्य देशको लागी कोसिस गर्छन । यो पंक्तिकारले अमेरिका सम्बन्धि दुई चार सय लेख लेखि सकेको छ । अव गन्न मन लाग्दैन । व्यस्त जीवन मा रमाउने बानि परेको छ ।

आज पाठक वर्ग तथा जसका सन्तान अमेरिका आएका छन् उनीहरुको लागी केहि सुझाव र सल्लाह पेश गर्न चाहन्छु । अमेरिकामा पुरुष या महिला बिग्रिन समय लाग्दैन । झन् अमेरिकामा मानिसले कमाउने भएकोले दलदलमा फस्न पनि सक्दछन । अमेरिका आएका नेपाली समुदायले औसतमा राम्रो गरेका छन् ।

अमेरिका आएका कैयौ बर्ष सम्म अर्थ कमाउन नसकेर बिजोग भएका नेपालीहरु नभएका हैनन् । किन आफ्नो परिवारलाई नेपाल बाट ल्याउन ढिलो र आलटाल गर्छ भन्ने बारेमा पनि सोध्नु जरुरी हुन्छ ।

विवाहित र परिवार भन्दा पनि एकल रुपमा आएका पुरुष या महिला लाई निगरानी राख्नु जरुरी हुन्छ । कमाउने उद्धेश्य नै पहिलो प्राथमिकता भएकोले डलरको चस्का लागे पछि मानिस भासिन्छ । अर्थ नभई अमेरिकामा अत्यन्तै गार्हो हुन्छ । महानगरीहरु न्यू योर्क ,न्यू जर्सी ,वाशिंगटन डीसी ,सिकागो ,नेभादा ,लस एन्जेलस ,लस भेगास जस्ता ठाउमा जीवन द्रुत गतिमा चलेको हुन्छ ।

दिवा जीवन र रात्री जीवन एकनासे हुन्छ l झन् रात्री जीवन को त कुरै नगरौ । काठमाडौँ नै फरक । अन्य क्षेत्र र शहर भन्दा काठमाडौँ नै कहाँ हो कहाँ जटिल छ हरेक कुरामा ।नेपालमा कुरा छिटो पत्ता लगाउन सकिन्छ । तर अमेरिकामा पसेका छोराछोरीले परिवार को नाक राख्दछन । तर केहि फाट्टफुट्टले पारिवारिक छबिलाई माटोमा पनि मिलाई दिन्छन ।

अमेरिकामा एकल रुपमा आएका पुरुष या महिला लाई जुनै सुकै कामले आएता पनि नजदिक बाट निगरानी राख्दा राम्रो हुन्छ । कही तपाईको छोरो सडकमा भिख मागेको त छैन । महिला कुनै गलत दलदलमा त अल्झिएका त छैनन् ? अव त सामाजिक संजालको कारण सवै कुरा थाहा हुने हुन्छ ।

हराएता पनि सामाजिक संजाल बाट फेला पार्न सकिन्छ । नेपालमा बसेर अविवाहित या विवाहित पुरुष या महिला को बारेमा सोध खोज गरे केही बिग्रिदैन । आफ्ना सन्तानले आफ्ना मातापितालाई कहिले ढाटदैनन् । विश्वास गर्नु पर्छ । भर पर्नु पर्छ । बिरानो देशमा आए पछि जसरी पनि परिवारलाई सबै कुराले सम्पन्न बनाई दिन्छन । सच्चा र सही छोराछोरीले आफ्ना परिवारलाई छलकपट नगर्लान ।

तर अमेरिका छिरेका एकल पुरुष या महिला राम्रो मात्र गर्छन भन्ने शास्त्रमा लेखेको हुदैन । सवै भन्दा ठुलो कुरा विश्वास । संसार नै विश्वासमा टिकेको छ । यसो भन्दैमा अमेरिका आएका छोराछोरी/नातिनातिनी / ज्वाई/बुहारी सवैको चियो चर्चो भन्दा पनि आफन्त भए के कस्तो गर्दै छन् ? सोध्न सकिन्छ ? अमेरिकामा आएका पुरुष या महिला बेपत्ता हुने र अन्त्यमा ठुलो भडखालोमा परेका उदाहरण छन् । तर कसै संग मेल खाएमा संयोग मात्र हुने छ भनें बुझ्नु होला । सयौ घटना घटेका छन् ।

यस्ता बिशेष महानगरी क्षेत्रमा हुने गर्छ तर गाउँ तर साना शहरमा नहुने भनेको हुदैन । एकदम नजिक बाट थाहा पाउनु पर्छ । सम्पर्कमा नआए पछि आफ्नै सन्तानको जासुसी गर्नु पनि पर्छ । किनभने न्याउरी मारी पछुतो भने झैँ बिग्रे पछि कुरा सकियो ।

अमेरिका एकल रुपमा आएकाले करोड पति या अर्ब पति झैँ गरे भने एक पटक सोच्नु होला । कहाँ बाट ? किन ? कसरी कमायो भन्ने तर्फ जानकारी लिन सक्यौ भने आनन्द हुन्छ । जे भन्यो त्यो कुरा पत्याउने खालको छैन भने आफन्त लाई के गर्दै छ ? कस्तो गरेका छन् ? आदि कसै बाट सोधेमा नराम्रो केहि हुदैन ?

यसरी एकल रुपमा आएका ,परिवार उतै छोडेर आएका पुरुष या महिला माथि पनि नजदिकबाट निहालेर बस्नु पर्छ । यसरी गायव भएर ,शंका स्पद भएमा कुनै मार्फत जानकारी लिनु अपरिहार्य हुन्छ । केवल एकल रुपमा छिरेका बिबाहित पुरुष या महिलाको बारेमा ज्यादा चासो नराखे पनि हुन्छ तर भोलि यसरी एकल रुपमा ज्यादै स्वतन्त्र छोडेमा धेरै ढिलो भएको हुन्छ । निगरानी ,समीप बाट दृष्टि राख्नु पर्छ । आँखा घुमाउनु पर्छ नत्र फेरी जीवन भर चुक्नु पर्ने पनि हुन्छ ।

यदि सम्म कि अमेरिकामा पुरुष या महिला काम नै नगरी जीविकोपार्जन गरेमा हामी के सोच्दछौ । के अर्थ लाग्दछ ? यस्तो हुदैन तर ठुला महानगरिमा यसरी पनि जीवन गुजारा हुने गर्छ । एकल रुपमा आएकाको कमाई बचत हुदैन । घर सम्झन्छन । केहीलाई उदासी(डिप्रेसन) रोग ले च्याप्छ । अनि परिवार संग बसेको मानिस एकल रुपमा अमेरिकामा हुँदा मस्तिष्कले काम गर्दैन । अनि बिकल्प अर्थात् आत्महत्या समेत गर्ने उदारहण छन् ।

यसरी एकल रुपमा आएका नेपालीहरुका सन्तान पुरुष या महिलाहरु थुप्रै काण्डमा मुसिएका हुन्छन । कस्तो गर्दै छ ? कस्तो पढाई छ ? कमाई कस्तो छ ? अभिभावकको कर्तब्य पनि हुन्छ ।

एकल रुपमा छिरेका पुरुष या महिलाले आत्महत्या गरेका छन् । बिद्यार्थीहरुले पनि स्वयम्ले पासो लगाई आत्म हत्या गरेका छन् । छोरा/छोरीले कमाउला र खुवाउला भनेर नेपालमा प्रतिक्षा गर्यो अर्को बिहे गरेर बिजोक बनाउने पुरुष या महिला पनि छन् ।

१० देखि ५० बर्ष सम्म पनि कुलतमा फसेर र मानिसको दिमागमा किरा परेर बलत्कार काण्डमा परि बर्षौ बर्ष कारागार जाने पनि नेपाली छन् । सडक छाप भएर नेपाल बाट आमा अमेरिका आएर सन्तान अति बिग्रियो भनेर पुन नेपाल लाने साहसी आमा पनि छन् ।

ठगेर ,लागु पदार्थ सेवनमा परेर या महिलाहरु पनि कुलतमा फसेर र पैसाको पछाडी लागेर परिवार र समाजको नाक कटाउने एकल पुरुष या महिलाहरु पनि छन् । स्मरण रहोस ,अमेरिकामा काम नगरी जीवन चलाउन सकिदैन । त्यति मात्र हैन ,अमेरिका एकल या विवाहित पुरुष या महिलाले यतै घरजम गरेर नेपालमा छोडेर आएका सन्तानलाई कन्त बिजोग बनाएका नेपालीहरु पनि छन् ।

चोर लाई किन काम गर्नु पर्यो भन्नु होला । महिलाको बिषयमा कुरा राखे अर्को अर्थ लाग्न सक्छ । तपाई को छोरी के गरि अमेरिकामा बाचेकी छिन् भन्ने थाहा पाउनु पर्छ । महिला के इलम गर्छिन ? सोध्नु अभिभावकको धर्म हो । छोरा के गर्दैछ ? कस्तो छ स्वास्थ्य ? सही जानकारी दिनु सन्तानको दायित्व पनि हो । सवै सन्तान सपुत मात्र हुदैन्नन । कपुत पनि हुन्छन । परिवार को शान हुन्छन भने कोही सन्तान परिवारको लागि कलंक पनि बनिदिन्छन । समयमा हेर विचार गर्नु पर्छ भन्ने आशय हो ।

अमेरिकामा आहिले सम्म यसरी राती घर फोडेर र चोरी या डकैति गरि हिडेका नेपालीहरु सतह बाहिर आएका छैनन् र कही सुनिएको छैन । तर भोलिको लागि केही भन्न सकिन्न । तर नेपालीहरुले यस्तो गर्लान जस्तो लाग्दैन ।

तर पनि अमेरिका आएका सवै सप्रिएका मात्र छैनन् । आमा बुवाको लागि बोझ बनेका छन् । तर कयौ सन्तानले आफ्ना अभिभावकको शिर उच्च बनाई दिएका पनि छन् ।

समग्रमा सवै नेपालीले अमेरिका आउन पाउन । सवैको प्रवेश आज्ञा लागोस । आफ्ना सन्तानले ईज्जत बचाउन । अमेरिका आएका एकल पुरुष या महिलाले आफ्ना सम्पूर्ण परिवारको ख्याल गर्न दिमाग पुगोस । कही दाग नलागोस । सकारात्मक विचार उत्त्पन्न हुन् । फलाना को सन्तान हेर भनि कठै भनि कसैले पनि भन्न नपरोस ।

तथापी आफ्ना सन्तान बिशेष गरि एकल रुपमा अमेरिका आएका पुरुष या महिला /छोरा छोरी/ हरुको नजदिक बाट निगरानी राख्न सकौ । एकल रुपमा अमेरिका छिरेका आफ्ना सन्तान बाट कसैले आँशु बगाउन नपरोस । कुनै पनि सन्तानले विश्वासघात नगरुन ।

जे गर्नुस ! तर निगरानी चै राख्न पाइयोस ।

प्रतिक्रिया