एनआरएनए महिला फोरम स्वीटजरल्याण्डको आयोजनामा १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ फागुन २७ गते २:४० मा प्रकाशित

गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डद्वारा आयोजित १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम १० मार्च शनिवारको दिन लेंजबर्गको स्टाउफनमा भएको थियो । बिश्व भरिका महिलाहरुले नारिहरुका बिभिन्न आवाजका साथ् बिभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा स्विसमा रहेका नेपाली नारीहरुलाई एकसाथ बनाउंदै एनआरएनए महिला फोरम स्वीटजरल्याण्डले पनि नाचगानका साथ् सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख आतिथि नेपाली राजदुत दिपक धिताल विशेष अतिथिमा नारि समाज पोर्तुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्तुगलकी संयोजक सिता बराल, नारि समाज पोर्तुगलकी महासचिब मिना खरेलको उपस्थिति रहेको थियो ।

नेपाली दुतावास स्वीटजरल्याण्डकी अन्तरा सिंहले नेपालको बिभिन्न ठाउंमा बिभिन्न प्रोजेक्टद्वारा सहयोग गरिएको विवरण सुनाएकी थीइन भने पर्तुगलमा बिभिन्न कार्यक्रम गर्दै पर्तुगलका नेपाली नारिहरुलाई बिभिन्न सिपहरु सिकाउनुका साथ साथै नेपालमा गएको बिनाशकारी भुकम्पमा सहयोग गरिएको विवरण सिता बरालले सुनाएकी थिइन् । त्यस्तै महिला फोरम स्विटजरल्याण्डकी सदस्य बिजया भट्टद्वारा महिलाहरुमा पाठेघर सम्बन्धि समस्या भएकाहरुलाई सहयोग गरिएको बिस्तृत विवरण प्रस्तुत गरेकी थिइन् ।

“प्रगतिको लागि अवाज “(motto : Press For Progress ) रहेको उक्त कार्यक्रममा महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्व रहेको थियो । उक्त कार्यक्रम सिमा गौतमले संचालन गरेकी थिइन् भने अतिथि स्वागत कल्पना तामांगले गरेकी थिइन् । यस बर्षको अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै नेपालको काभ्रेमा मिना सिंह खड्काद्वारा चालिएको अभियान “प्रोढ शिक्षा ” र “पाठेघर सम्बन्धि समस्या” लाई सफल बनाउन आर्थिक सहयोग जुटाइएको थियो ।

 

कार्यक्रममा बिभिन्न विवरणहरु घन्टौं सुनिरहँदा थकित भएका उपस्थित दर्शकहरुलाई केहि मनोरंजन दिलाउन स्थानीय कलाकारहरु गौरी गुभाजु ,राजेन्द्र भण्डारी, कल्पना तामांग ले मिठा गितहरुमा आफ्ना राम्रा नेपाली नृत्य देखाएका थिए भने दिपासा क्षेत्रिले मिठा गीतहरु गाउनुका साथै आफ्नो नृत्य प्रतिभा देखाएकी थिइन् ।

महिला फोरम स्विटजरल्याण्डकी संयोजक शुभा एल्मर लामाले कार्यक्रममा सहयोग गर्ने लगाएत उपस्थित सबैलाइ धन्यबाद दिदै आगामी दिनमा पनि नारि ससक्तिकरण र अधिकारका लागि प्राप्त उपलब्धिलाइ संस्थागत गर्न र गर्दै आवाज उठाइरहनु पर्ने बताउंदै कार्यक्रम समापन भएको जानकारी गराउनु भएकी थिइन् ।

प्रतिक्रिया