आर्थिक सशक्तिकरण जोड दिए महिला अझै पहुचमा पुग्न सक्ने २०१८ महिला दिवस !!!-इन्दीरा त्रिपाठी, महिला संयोजक एनआरएनए युएसए –

इनेप्लिज २०७४ फागुन २३ गते ११:३४ मा प्रकाशित

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिननै ८ मार्च हो | महिला दिवस’ विश्वका सबै विकसित, विकासशील देशहरुमा मनाइन्छ र महिलाहरुलाई उनको क्षमता, सामाजिक अधिकार, राजनीतिक अधिकार वा आर्थिक अधिकार दिलाउने दिनको रुपमा याद गराउने दिन हो।

चाहे नेपालमा होस या बिदेशमा आर्थिक सशक्तिकरणले नै महिलाको जीवन स्थर उच्च बनाउन मद्धत पुग्ने र महिलाहरुले नीति निर्माण तहमा पनि पहुच पुरयाउन सक्छन | महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने र संस्थागत थपउपलब्धि महिलाहरुले संयुक्तरूपमा संघर्ष गर्नुपर्छ | महिलाको आर्थिक सशक्तिकरण अब पुर्ण रुपमा बढे कुना कुनाका महिलाहरु ब्यबसायमा सहभागिता हुने साथै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृति हरेक क्षेत्रमा विकास र आर्थिक पक्ष सबल हुने अबको तथ्यांकले देखाउछ |

संसारमा कतै पनि महिला पुरुषको शतप्रतिशत समान सहभागिता र अवसरमा पहुँच छैन । समान अवसर र पहुँच नहुनुमा परम्परागत भूमिका, कार्यशैली र कार्यक्षेत्रको निर्धारणले भूमिका खेलेको छ तर सहभागिता र पहुँचको मात्रा भने विकसित मुलुक र विकाशोन्मुख मुलुक बीच अवश्य फरक छ । विकसित मुलुकमा महिला सहभागिता तुलनात्मक रुपमा बढी छ | तेसैले अहिले युगमा महिला र पुरुषको समान सहभागिता विनाको विकास संभव छैन | एक्काइसौ सताब्दीका नारीले आफ्नो शक्तिलाई चिनेका छन् र आफ्नो हक तथा अधिकारको लागि लडन सिकेका छन्। आजको समयमा नारीले यो प्रमाणित गरेका छन् कि उनीहरु एक अर्काको दुश्मन होइनन्, सहयोगी हुन् ।

महिला दिवसको शुरु

मार्च ८ तारिक विश्वभर अन्तरराष्ट्रीय महिला दिवस (International Women’s Day) सम्पूर्ण विश्वको महिलाहरु देश, जात-पात, भाषा, राजनीतिक, सांस्कृतिक भेदभावबाट पर रहेर एकजुट भएर मनाउँछन् । इतिहास अनुसार साधरण महिलाहरुद्वारा समानाधिकारको यो लडाई शुरू गरिएको थियो। लीसिसट्राटा नामक महिलाले प्राचीन ग्रीसमा फ्रेन्च क्रान्तिको अवसर युद्ध समाप्तिको माग राख्दै आन्दोलनको शुरुआत गरे, फारसी महिलाहरुको समूहले वरसेल्समा यस दिन एक मोर्चा निकाल्यो, यसका उद्देश्य युद्धको कारण महिलाहरु माथि बढ्दो अत्याचारलाई रोक्नु थियो।

संसारमा सबै भन्दा पहिलो पटक सन् १९०९ मा सोशलिस्ट पार्टी अफ अमेरिकाद्वारा पुरै अमेरिकामा २८ फरवरीमा महिला दिवस मनाइएको थियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलद्वारा कोपेनहेगनमा महिला दिवसको स्थापना भयो। १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरलैंडमा लाखौं महिलाहरुले जुलुस निकाले। यस जुलुसमा मताधिकार, सरकारी नोकरीमा भेदभाव हटाउने जस्ता मुद्दाको माग उठाए । प्रथम विश्वयुद्धको बेला, रूसी महिलाहरुद्वारा पहिलो पटक शान्तिको स्थापनाको लागि फरवरी महिनाको अन्तिममा महिला दिवस मनाएका थिए। यूरोप भरी युद्ध विरोधी प्रदर्शन भयो।

१९१७ सम्म रूसका दुई लाख भन्दा धेरै सैनिक मारिए, रूसी महिलाहरुले फेरी पनि रोजगारी र शान्तिको लागि यो दिनमा हडताल गरे। वास्तवमा राजनेता यसको विरुद्ध थिए, फेरी पनि महिलाहरुले आन्दोलन जारी राखे र तब रूसको जारले आफ्नो गद्दी छोड्न बाध्य भयो र सरकारले महिलालाई पनि भोट दिन पाउने अधिकारको घोषणा गर्यो ।

नेपालको सन्दर्भमा

आधाभन्दा बढी जनसंख्या ओगट्ने महिला विकासको मूलधार बाहिर रहेपछि देश पनि विकासमा पछाडि पर्नु स्वाभाविक
हो ।

महिलाको सन्दर्भमा महिलाको शिक्षा, स्वास्थ, सहभागिता, अधिकारको प्रत्याभूति र राजनीतिक सहभागिता आदि नै विकास हो । महिलाले विकासको प्रतिफलमा मात्र होइन प्रक्रियामा पनि सहभागी हुन पाउनुपर्छ । प्रक्रिया र परिणाम विकासका उत्तिकै महत्वपूर्ण पाटा हुन् । विगतमा विकास प्रक्रियामा महिलालाई सहभागिता नगराएकै कारण नेपालले विकासमा अपेक्षाकृत फड्को मार्न सकेन । महिलालाई दोस्रो दर्जाको नागरिक मानेका कारण नै विकासमा महिला सहभागिता भएन । सहभागिता नभएका कारण महिलाको सशक्तिकरण पनि भएन ।

नेपालमा महिलामाथि हुने हिंसाका घटनामा पुरुष यातनाका घटना ४५ प्रतिशत हुने गरेको एक तथ्यांकले जनाएको छ ।आज समाजमा महिलाले नाटक, डकुमेन्ट्री, फिल्म, गीतको माध्यमबाट ठाउँठाउँमा आफ्नो अवस्था प्रदर्शन गर्ने गरेका छन् । किनकि त्यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।
अन्तर्राष्ट्रिय नारी दिवस सार्थक र औचित्यपूर्ण रूपमा मनाउने हो भने विशेष योजना र कार्यक्रम बनाउनुपर्छ

एक तथ्यांकअनुसार प्रतिदिन १० जना महिला हिंसाको सिकार बनेका छन् । प्रत्येक महिना सरदर २५० पचासभन्दा बढी हिंसाका घटना हुन्छन् । २६–५० उमेर समूहका २६ प्रतिशत महिला हिंसाको सिकार बनिरहेका छन् । ओरेकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०१२/१३ मा ७९३ महिला घरेलु हिंसाको सिकार हुने गर्छन्

पौराडिक कालमा महिलाहरु शक्तिका रुपमा रहेका र कुनै ठुलो पराक्रम गर्नुपर्‍यो भने देवीहरुलाई गुहार माग्नु पर्ने र उहाँहरुकै पराक्रमले मात्र कुनै पनि काम सम्पन्न भएको कुरा देवी भागवतको अध्ययनबाट प्रस्ट हुन्छ । महिलाहरु आफै पनि म महिला हु ! भन्ने कमजोर सोच्ने परिपाटीले गर्दा महिलाहरुमा एकरुपताको कमिले गर्दा बिबिध घटनाहरु घटिरहेका हुन्छन ।

बिस्वब्यपी एउटा प्रचलित मान्यता छ, एउटा पुरुष साक्षर बनाउनु एउटा पुरषलाई मात्र साक्षर बनाउनु हो तर महिला शिक्षित हुनु भनेको सिङो परिवार सिक्षित हुनु हो, यसै सन्दर्भलाई जोडदा हाम्रो समाजमा अजै पनि महिला शाक्षरता न्यून छ,हरेक समस्याको प्रमुख जड शिक्षा हो, शिक्षा भएन भने चेतना हुँदैन , चेतना बिना हक अधिकार र कर्तब्यको ज्ञान हुँदैन ।चेतनाले नै समग्र स्तर निर्धारण गर्दछ । नेपालमा गरिवीको प्रमुख कारण महिलाहरुको साक्षरताको स्थिती र चेतनाको स्तर हो ।

संयुक्त राष्ट्र संघले हरेक वर्ष महिला दिवसमा एउटा योजना बनाउँछन् । गत वर्ष (सन् २०१७) को योजनाको मूल नारा जेन्डर ईक्वालिटि प्लानेट ५० /५० फर २०३० महिलाहरु र पुरुषहरु २०३० सम्म समान अधिकार पुर्याउनु पर्ने नारा हो भने यस बर्ष (२०१८ ) प्रेस फर प्रोग्रेस हो | महिलाहरुको प्रगती अझै बढाउनु पर्दछ जसमा पुरुषलाई समान सहभागी गराएर र आर्थिक पक्षलाइ जोड दिएर भएपनि महिलाहरु हरेक पंहुचमा पुग्न सफल हुने छन् |

प्रतिक्रिया