नेपास ट्राभल टुर्सका संचालक थापा ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्समा संचालक समितिमा मनोनित

इनेप्लिज २०७४ फागुन १७ गते १:०३ मा प्रकाशित

लामो समय देखि टेक्सस ड्यालसमा बस्दै आएका नेपास ट्राभल टुर्सका संचालक व्यवसायी सबिन्द्र थापा ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्समा संचालक समितिमा मनोनित भएका छन् ।

सन् २०१४ मा स्थापित ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्समा अन्य नेपालीहरुको सहभागिता रहेता पनि उनि संचालक समितिमा मनोनित हुने पहिलो नेपाली भएका छन् । उनलाई दुई जना अन्य समिति सदस्यले समर्थन गरे पछि उनि उक्त पदमा मनोनित भएका हुन् ।

गत फेब्रुअरी १३ तारिख संचालक समितिमा उनले पदस्थापना कार्यक्रममा सहभागिता जनाएका थिए । उनले नेपाली समुदाय कि मात्र प्रतिनिधित्व नगरी सवै एसियन समुदाय को तर्फ बाट प्रतिनिधित्व गर्ने अवसर पाएका छन ।

उनि यति नेपाली अमेरिकन च्याम्बर्स अफ कमर्स का सदस्य पनि हुन् । उनि भन्छन थल राज पन्त ,बटुक बिष्ट तथा बिएन पन्तले ठुलो सहयोग गरेको बताए ।

ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सको सहयोगमा उक्त क्षेत्रमा संचालन हुने एसियन फेस्टिवल (उत्सव) लाई निरन्तरता दिई रहेको थापा बताउद्छ्न ।

वर्तमान सभापति क्रिस्टल रोको तथा अध्यक्ष गैलिलियो जुमाओस लाई पनि नेपालको बारेमा जानकारी दिने अवसर मिलेको छ । यसको साथै आफ्नो यात्रा को व्यवसाय लाई पनि सहयोग हुने र जसको माध्यम बाट नेपाल बारे अझ पर्यटन विकास हुने कुरामा विश्वस्त भएको बताए ।

उनि नेपाली टेक्सस समाजका समिति सदस्य पनि रहेका छन् भने उनि बिगतमा एनआरएन अमेरिकाको लागि संचालक समिति निर्देशकमा अपनी उम्मेदवारी दिएका थिए ।

आप्रवासन अन्तर्गत एच१ बि ,स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा उनको मुख्य व्यवसाय ट्राभल एजेन्सी (यात्रा अभिकर्ता ) रहेको छ ।

थापा एक उधमी हुन् l थापा डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया