कुखुराको पखेटा खान हुरुक्क हुने नर्थ क्यारोलिनाकि एक महिलालाई १० लाख डलर को चिट्ठा

इनेप्लिज २०७४ फागुन ११ गते २०:२६ मा प्रकाशित

हिन्दीमा एउटा वाक्यांश छ, भगवानले दिए भने छत फोडेर दिन्छन । ईश्वरले जे पनि दिनु हुन्छ । अमेरिकाको नर्थ क्यारोलिना बस्ने एक महिलालाई भगवानले त्यस्तै दिनु भएको खबर छ ।

त्यी महिला कुखुराको पखेटा खान हुरुक्क हुने उनको त्यो आदतले उनलाई $ १० लाख डलर को चिट्ठा दिलाई दिएको छ ।  कुखुराको पखेटा बाट उनि मालामाल भएकी छिन् ।

डरहाम शहर कि सायना ब्राग नामक उक्त महिलाले नर्थ क्यारोलिना शिक्षा चिट्ठा अधिकारीलाई क्रुजर ५० नामक पसलमा टेरीयाकी चट्नी संग चिकेन विङ्ग्स (कुखुराको पखेटा ) खाने लालसा भएको कारण भाग्यशाली बनेकी छिन् ।

उनले भनिन ,चिसो पेय पदार्थ माउनटेन ड्यु ,एक दर्जन पखेटा र टेरी याकी चट्नी खान गएको थिए । र टिकट कोट्याउनु पर्ने भएकोले कोट्याउदा १० लाख डलर भएको पाए । समान लिएर सवारी साधन (कार ) बसेर कोट्याउदा केही जिते भन्ने लागेको थियो । आफूले कम्तिमा केवल $ १० पाउछु भन्ने लागेको थियो ।

यत्रो रकम देखे पछि आँखा भरि आसु आयो । गाडी बाट हाम फालेर पसलमा चिच्याउदै मैले पाए १० लाख डलर भनिन । उनि चिट्ठा को सदर मुकाम नर्थ क्यारोलिना को रलिमा पुगिन । उनले एक मुष्ठ रकम को $ ६ लाख लिने बिकल्प छानिन । त्यस पछि राज्य तथा सङ्घीय कर कटाएर उनले कुल रकम $ ४ लाख २३ हजार डलर प्राप्त गरेकी छिन् ।

ब्राग ले खुशी हुदै परिवार भेट्न जमैका जाने भन्दै यो दिन कहिले नभुल्ने बताएकी समाचार युपीआईले आज लेखेको छ ।

 

 

प्रतिक्रिया