काँग्रेसका सांसदहरुको बैठक फागुन १२ गते

इनेप्लिज २०७४ फागुन ९ गते १४:२४ मा प्रकाशित

काठमाडौँ, ९ फागुन : नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भोलि फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाईएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो । त्यसपछि मात्र काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।

प्रतिक्रिया