डिसीमा नेपालको लागि टिपिएस(अस्थाई सुरक्षित दर्जा) विस्तार सम्बन्धि व्यापक छलफल गरिने

इनेप्लिज २०७४ फागुन ४ गते १:४७ मा प्रकाशित

विजय थापा ,अमेरिकाको डिसी क्षेत्रमा आगामी फेब्रुअरी १८ तारिख आइतबार नेपालको लागि टिपिएस(अस्थाई सुरक्षित दर्जा) विस्तार सम्बन्धि व्यापक छलफल गरिने आयोजकले जनाएका छन् l

बुढा निलकन्ठ का पूर्व बिध्यार्थीहरुको संस्था (सिईबिएस -उत्तर अमेरिका )ले को पहलमा हुने उक्त कार्यकम दूर संचार प्रणालीको (कन्फेरेन्स कल ) को पद्धति बाट हुने भएको छ l यसको साथै सामाजिक संजाल फेसबुक (अनुहार किताव )को पनि प्रयोग गरि अझ यस बिषयमा सबैका चासो लाई समेटिने हुनाले व्यापक सहभागिताको लागि आयोजकले अपेक्षा राख्दै सरिक हुन् आग्रह गरेका छन् l

उक्त कार्यक्रमका अधिवक्ता लव कार्की तथा आकृती खनाल वक्ताहरुमा रहने छन् l कार्यक्रम संचालन किरण सिटौला तथा उपेन्द्र बमले गर्ने छन l बैठकको तारतम्य कमल रानाभाट ले गर्ने छन् l

कार्यक्रम आगामी फेब्रुअरी १८ तारिख बिहान ११ बजे दखि १२ बजे सम्म रहने छ l यसको साथै दुर संचार प्रणालीको लागि ७०१ ८०१ १२११ तथा कोड (संकेत ) ८१० ८४३ ९८५ बाट कार्यक्रममा प्रवेश गर्न सकिने छ भनि आयोजक ले जनाएका छन् l

प्रतिक्रिया