अमेरिकन सिनेट द्वारा अध्यागमन बिधेयक अस्वीकृत

इनेप्लिज २०७४ फागुन ३ गते २३:०१ मा प्रकाशित

अमेरिकाको सिनेटले अध्यागमन बिधेयकलाई अस्वीकृत गरेको छ l आज फेब्रुअरी १५ तारिख दिवा समयमा प्रस्तावित ४ वटा अध्यागमन बिधेयक लाई सिनेटले अस्विकार गरेको हो l जसको कारण दशौ लाख कागज पत्र नभएका तथा सप्नद्रष्टाहरुका लागि आशा धमिलो तथा निराशापूर्ण देखिएको छ l

आज भएको प्रस्तावित उक्त ४ वटा अध्यागमन बिधेयकको पक्षमा ३९ मत मात्र प्राप्त भएको थियो भने यसको बिपक्षमा ६० मत दान परेको छ l आज प्रस्तावित उक्त बिधेयकमा सप्नद्रष्टाको लागि नागरिकता ,२५ अर्ब डलर सीमा सुरक्षा तथा पर्खाल ,विविधता चिट्ठा प्रणालीको अन्त्य तथा पारिवारिक देश परिवर्तन शृंखला आदि छलफलको लागि प्रस्ताव भएको थियो l

आएवा का सिनेटर चक ग्रास्लीले उक्त बिधेयक को आरम्भ गरेका थिए l केवल ३९ जना सिनेटले अगाडी बढ्न को लागि समर्थन गरेता पनि यसको बिपक्षमा अगाडी नबढाउन ६० मत बिपक्षमा परे पछि अगाडी बढन नसक्ने भएको छ l यसको साथै रिपब्लिकनका ११ जना ले अस्वीकृत भनि आवाज दिएका थिए

ट्रंपले प्रारम्भमा उनले यसमा हस्ताक्षर गर्ने संकेत दिएका थिए भने प्रस्ताव उनको टेबुलमा पुगी सकेको छ l पछिल्लो समयमा सिनेटमा प्रस्तावित ४ बिधेयक मा हस्ताक्षर गर्ने नर्गने संकेत देखाएका छन् l

यसको साथै द्विदलीयको अर्को बिधेयक समेत असफल भएको छ l उक्त बिधेयक साउथ डेकोटाका रिपब्लिकन का सिनेटर माइक राउन्ड्स, रिपब्लिकन कै सुसान कोलिंस तथा एङ्गस किङ्ग का बिधेयक पारित हुन् सकेन l ६० मत प्राप्त गरे पछि मात्र अगाडी बढ्ने उक्त बिधेयक असफल भएको छ l

प्रतिक्रिया