“नुन चिनी पानी को लोकप्रियता बढ्दो “

इनेप्लिज २०७४ माघ २२ गते २३:५३ मा प्रकाशित

आधुनिक दुनियाँमा मानिस जति यान्त्रीक हुदै गयो उति उति थप व्यस्त एकल कांटे र मानसिक रुपमा त्रशित हुंदै गएको यथार्थ भान मात्र हुदैन कि व्यवहारमा छर्लङ्ग देखिन्छ । दैनिक खानपिन ,आराम र व्यायाम आवश्यकता भए जस्तै शरिर चुस्त दुरुस्त राख्न हरेक दिन केही समय हांस्ने वा मनोरन्जन लिने बानी बसाउनु पर्छ भनेर चिकित्सकहरु नै भन्छन आजभोलि l

त्यसै गरी देश प्रदेश र गाउँठाउँमा हुने गरेका बिकृतीहरु लाई औंल्याउने र केही हद सम्म सुधार गर्न प्रयास गर्ने ब्यङ्ग बिधालाई एकै ठाउँमा मिसाएर नाम दिने हो भने हांस्य – ब्यङ्ग बन्छ l र त्यसलाई हामिले “नुन चिनी पानी ” भनेर सम्बोधन गर्ने गरेका छौं ।

“नुन चिनी पानी”को सुरुवात भर्खरै मात्र भएको हो । अमेरिकामा रहेका हांस्य-व्यङ्ग बिधामा लागेका वा सो बिधा मन पराउने एउटा ठूलो ठुलो जमात छ, एउटा ठुलो लहर छ l त्यसलाई एकिकृत गर्दै र मनोरन्जनात्मक गतिबिधीहरु अलिक बढी हांस्य-ब्यङ्ग प्रती ढल्काउने हाम्रो प्रयास रहनेछ ।

यहाँ देखी नेपाल सम्म सांकेतिक रुपमा “नुन चिनी पानी” को उपस्थिती देखाउने गरी कार्यक्रम ल्याउने उद्देस्य भए पनि आजको भोली ” तातै खाउँ जली मरुँ” भन्ने शैलिमा भने हामी लागेका छैनौं । यो अभियानका प्रमुख अभीयन्ता मध्य एक अर्जुन दाहाल सकृय रुपमा अमेरिका सहित अन्य देशहरुमा मंच कार्यक्रम गरेर सम्बन्धित क्षेत्रमा “नुन चिनी पानी” खुवाउन व्यस्त हुनुहुन्छ । फेस्बूक ,यू-ट्यूब र बिभिन्न वेव साईडहरुमा उहांका हांस्य ब्यङ्ग हेर्न पाईन्छ ।

“नुन चिनी पानी” प्रती प्रतिकृया र जनलहर चाहिं कस्तो छ त ? भन्ने जिज्ञासा सर्व साधारणमा आउन सक्छ । क्यानडा , टेक्सास्, क्यालिफोर्निया, न्यू जर्शि, न्यू योर्क्, म्यासाचुसेट ,कनेक्टिकट सहित अन्य बिभिन्न ठाउँमा प्रत्यक्ष कार्यक्रम गर्दा दर्शकले दिएको साथ र मायाँ अत्यन्तै उत्साहजनक पाइएको छ । यू टूब मार्फत सार्बजनिक गरिएका सामाग्रीहरुलाई हरेक पटक १० , १२ वटा वेव साइडहरुमा (होल्यान्ड , पोल्यान्ड , दुबाई, मलेसिया, बहराईन नेपाल तथा अमेरिका ) शेयर गरिएका , फेस्बूक र अन्य बिभिन्न मध्यामबाट पाईएका सकारात्मक आलोचना सहितका प्रतिकृयाहरु मार्गदर्शक बनेका छन ।

नेपालबाट तमोर एफ. एम. सहित अन्य केहि सन्चार माध्यामले पनि “नुन चिनी पानी” को हांस्य ब्यङ्ग सामाग्रीलाई प्राथमिकताका साथ प्रशारण गरिनुले हाम्रो हास्य -व्यङ्ग गतिबिधिले एक पछी अर्को फड्को मारेको स्पष्ट हुन्छ । आगामी दिनमा पनि अमेरिकाका बिभिन्न स्टेटबाट प्रत्यक्ष सो गर्नको लागी निमन्त्रणा आईरहेका छन । समय मिलाएर क्रमश: “नुन चिनी पानी”को बिस्तारमा लाग्ने योजना रहेको कुरा “नुन चिनी पानी”का एक अभीयन्ता अर्जुन दाहाल बताउनु हुन्छ ।

” नुन चिनी पानी ” पखालाको घरेलु उपचार हो । यहाँ संकेत गर्न खोजिएको चाहिं के हो भने कोही मानिसहरु बिभिन्न कारणले मानसिक पखालाको सिकार भएका छन तिनिहरुलाई हास्य बिधी प्रयोग गरी स्वास्थ्य जीवनको लागी प्रोत्साहन गर्ने र कोही सामजिक रुपमा बिचलित भएका, दुर्गन्धित भएका ,पखाला लागेकाहरुलाई व्यङ्ग मार्फत “नुन चिनी पानी” खुवाउने हाम्रो प्रयास रहन्छ ।

“नुन चिनी पानी अमेरिका”को पुरा संरचना भने केहि समय पछी मात्र सार्वजनिक गर्ने योजना रहेको छ । अमेरिकाका हरेक टाउन- टाउनमा संस्था जन्मी रहेको परिस्थितिमा यो अर्को भार बनेर आउने छैन ,बरु तिनिहरुबाट निस्किएका समस्याको समाधनको लागी उपाय बन्न सक्ने छ ।

कम्तिमा हरेक दिन १० देखी २० मिनेट सम्म हांस्न जरुरी छ, भनेर नयाँ अभियान चलाउने योजना पनि रहेको छ । यो बिशुद्द मनोरन्जनात्मक अभियानमा तपांईहरुको निरन्तर सहयोग रहन्छ भन्ने हामिले बिश्वास लिएका छौं ।

जय “नुन चिनी पानी अमेरिका”

प्रतिक्रिया