नेपाली भाषा कक्षा संचालन गरेको एकबर्ष पुगेको उपलक्षमा प्रशंसा पत्र बितरण

इनेप्लिज २०७४ माघ १७ गते ११:४३ मा प्रकाशित

 

कोलोराडो अमेरीका
जनवरी ३० , २०१७
हिमालयज् लायन्स क्लबद्धारा लङमन्टमा शुरु गरिएको पहिलो नेपाली भाषा कक्षा एकबर्ष पुगेको उपलक्षमा आईतबार एक कार्यक्रम आयोजना गरि सहभागी छात्र छात्रा, शिक्षक र भाषा शिक्षाका कोर्डिनेटरलाई प्रशंसा पत्र बितरण गरिएको छ ।
लङमन्ट स्थित एभरेष्ट रेष्टुरेण्टमा आयोजित कार्यक्रममा सहभागी छात्र छात्रा अभिभावक तथा शिक्षकलाई हौसला जगाई

कक्षालाई निरन्तरता दिन प्रशंसा पत्र बितरण गरिएको क्लबका पदाधिकारीहरुले बताएका छन् ।

नेपाल र अमेरकिाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममामा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केन ेमोर , ग्वोवल मेम्बरसिप चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, डिष्टीक सेक्रेटरी कारेन सीवल, पूर्व अन्तराष्ट्रिय डिरेक्टर केल सिवल, जोन चेयर पर्शन जोशन श्रेष्ठ, लङमन्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, समाजसेवीहरु नारायण श्रेष्ठ, बिके श्रेष्ठ, यूएस न्यूजका बिकल पराजुली, लयन्सका पदाधिकारी, भाषा कक्षामा सहभागी छात्र,छात्रा र उनीहरुका अभिभावकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर डेबिड डेले आफु नेपाली भाषा कक्षाको यस समारोहमा सहभागी हुन पाउदा धेरै खुसी लागेको भन्दै बाल बालिकाहरुलाई सकृय रुपमा सहभागी हुन र अभिभावकलाई आङ्खना बाल बालिकाहरुलाई निरन्तर सहभागी गराउन हौसला दिएन् । त्यसैगरी क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ मातृ भुमीको भाषा र संस्कृतीको संरक्षण गर्न तथा दोश्रो पुस्तामा हाम्रो भाषा र संस्कृती हस्तान्तरण गर्ने बाताबरण श्रृजनागर्न भाषा कक्षाको जरुरत रहेको प्रष्ट्याए । कार्यक्रममा उनले सहभागी बाल बालिका तथा अभिभावक सबैलाई धन्यवाद दिदै, कोलोराडोमानै पहिलो नेपाली भाषा कक्षालाई निरन्तरता दिन सबैसंग साथ र सहयोग आग्रह गरे । त्यसैगरी अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र समाजसेवी नारायण श्रेष्ठले भाषा कक्षालाई निरन्तरता दिन र यसको महत्व बुझाउन आफुले सक्दो सहयोगगर्ने बताउदै यसले समाजमा सकारात्मक सन्देश प्रबाह गरेको बताए ।

त्यस्तै सोही कार्यक्रममा लायन्सका नया सदस्य दिनेश श्रेष्ठलाई डिष्ट्रिक गर्भनर डेबिड डे प्रमाण पत्र र पूर्व डिष्ट्रिक गर्भनर केन मोरले खादा लगाई दिई स्वागत गरेका थिए भने, क्लवका अध्यक्षले सदस्यताको प्रम्ँँण्ँ पत्र जोन चेयरले पिनलगाई दिएर स्वागत गरेका थिए । कार्यक्रममा जोन चेयर पर्शन जोशन श्रेष्ठ लायन्समा प्रवेशगरेको २५ बर्ष पुगेको उपलक्ष्यमा पूर्व अन्तराष्ट्रिय डिरेक्टर केल सिवाले उनलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

नेपालीहरुको सकृयतामा कोलोराडोमा गठित लायन्स क्लबले स्थापनाको १८ महिना पुग्दैगर्दा क्लबको माताहतमा रहनेगरी निकट भबिष्यमै लियो बाल क्लब स्थापना गर्न लागेको बताईएको छ । त्यसैगरी सोही समारोहमा ब्यवसाही तथा समाजसवी बाबुकाजी श्रेष्ठले पसलमा ग्राहकले डोर्नेसन गरेको रकम संकलन गरि क्लबको सहयोगार्थ अध्यक्ष प्रमोद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

 

 

प्रतिक्रिया