एनआरएन अमेरिकाद्वारा ‘युथ लिडरशिप स्कलरसिप अवार्डको स्थापना

इनेप्लिज २०७४ माघ १६ गते २३:५८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी छात्रबृती कार्यक्रम घोषणा गरेको छ ।

नेपाली अमेरिकन समुदायका युवाहरूलाई नेतृत्व विकासमा सहभागी गराउनुका साथै सो का लागी प्रोत्साहन गर्ने लक्ष्य र उद्देश्यका साथ स्थापना गरिएको सो छात्रबृति आगामी फ्रबुअरी महिनाको १ तारिखदेखि बिधिबत रूपमा सञ्चालनमा आउने जानकारी एनआरएन अमेरिकाले दिएको हो ।

युथ लिडरशिप स्कलरशिप अवार्ड २०१८ नाम दिइएको सो छात्रबृति स्नातक तहमा अध्ययनरत चार जना नेपाली विद्यार्थीलाई प्रदान गरिने एनआरएन अमेरिकाका युवा संयोजक तथा छात्रबृति परियोजनाका प्रमुख स्वराज खातीले बताउनु भयो ।

अमेरिकाका चार भौगोलिक क्षेत्रबाट समाजमा नेतृत्वदायी भूमिका खेलेका जेहेन्दार चार जना विद्यार्थीलाई प्रत्येक वर्ष यो छात्रबृति प्रदान गरिनेछ संयोजक खातीले भन्नुभयो ।

नयाँ पुस्तालाई नेपाली अमेरिकन समुदायका गतिविधिमा संलग्न गराउनका लागी यो छात्रबृतिले एक अहम् भूमिका खेल्न सक्ने विश्वास एनआरएन अमेरिकाले लिएको छ ।

प्रतिक्रिया