जर्जीयाको अत्लान्तामा “एन.आर.एन जर्जीया च्याप्टरको नयाँ बोर्डको” उद्घाटन संगै “लैंगिक र घरेलु हिँसा” सम्बन्धि कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ माघ १६ गते १२:२१ मा प्रकाशित

 

एन.आर.एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलद्वारा एन.आर.एन जर्जीया च्याप्टरको नयाँ बोर्डको सपथ ग्रहण यहि जनवरी २८ (आइतवार) जर्जीयाको अत्लान्तामा सम्पन्न भएको छ I

२०१७-१९ को नयाँ बोर्डमा ८ जना सदस्य छन् – सुर्य लम्साल (अध्यक्ष), इच्छा बास्तोला (सचिव/कोषाध्यक्ष), कुमार भण्डारी, बाबुराम शर्मा, दीपक के.सी., विकास श्रेष्ठ, सुशील पोख्रेल, र अल्विन गोर्खाली I

कार्यक्रममा अल्विन गोर्खाली बाहेक सबै उपस्थित थिए I कार्यक्रममा एन.आर.एन अमेरिका बोर्डबाट  अध्यक्ष पौडेल बाहेक सुनील शाह (वरिष्ठ उपाध्यक्ष), राधा पौडेल (उपाध्यक्ष – मध्य पश्चिम), इन्दिरा त्रिपाठी (महिला संयोजक), र गोपेंद्र भट्टराई (बोर्ड सदस्य) उपस्थित थिए I

त्यस्तै एन.आर.एन नर्थ क्यारलाइना च्याप्टरका संस्थापक अध्यक्ष रेवतीराज अधिकारीको पनि उपस्थिति थियो I नेपालिज एसोसिएसन अफ जर्जीया (नाग) बाट अध्यक्ष केशव शर्मा लगायत अन्य पूर्व तथा वर्तमान पदाधिकारीहरुको उपस्थिति थियो I त्यस्तै नेपालिज एसोसिएसन इन साउथ-इस्ट अमेरिका (नासा) बाट पूर्व अध्यक्षद्वय राजा घले र डा. संजीव सापकोटाको उपस्थिति थियो I भुटानी समाज अमेरिका (ओ.बी.सी.ए.) बाट अध्यक्ष दिलिप दाहालको पनि उपस्थिति थियो I

कार्यक्रमको संचालन एन.आर.एन अमेरिकाका पूर्व बोर्ड सदस्य गोविन्द श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य डा. अनुप श्रीवास्तवले दिएका थिए I

कार्यक्रममा बोल्दै नागका अध्यक्ष केशव शर्माले एन.आर.एन जर्जीया च्याप्टरको नयाँ बोर्डलाई सहकार्यको हात संगै बधाई दिए I नासाका पूर्व अध्यक्ष राजा घलेले आम नेपालीहरुलाई स्वत:स्फूर्त एन.आर.एन सदस्य बन्न लालायित हुने वातावरण सिर्जना गर्न एन.आर.एन लाग्नु पर्ने कुरा राख्नुभयो I

भुटानी समाज अमेरिकाका अध्यक्ष दिलिप दाहालले भुटानी नेपालीहरु पनि एन.आर.एन बन्न सक्ने कि नसक्ने प्रश्न राख्नु भयो I एन.आर.एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एन.आर.एन. संस्थाले भावानको समुद्रपारीको नेपाल र भूगोलको नेपाल जोड्ने सेतुको काम गर्ने कुरा राख्नुभयो I

साथै अहिले एन.आर.एन.ए. ले ३ वटा मुख्य काम गरिरको बताउनु भयो – (१) दोहोरो नागरिकता (सी.एन.सी. कमिटि), (२) नेपालमा एन.आर.एन. लगानी, र (३) लगानीको लागी सुधारहरु (दोहोरो करको उन्मुलन) I कार्यक्रममा बोल्दै एन.आर.एन आइ.डी. कार्ड समितिका सभापति गोपेंद्र भट्टराईले अबको एन.आर.एन आइ.डी कार्ड संसारभरीका एन.आर.एन. साखा भएको ७८ वटै देशमा लागु हुने गरी भन्ने कुरा राख्नु भयो I

साथै एन.आर.एन आइ.डी कार्डले गर्दा साना नेपाली व्यवसायीहरु एन.आर.एन.को छाता भित्र आउने र सहकार्य गरी अघि बढ्ने कुरा राख्नुभयो I

Facebook Video Link: Surya Lamsal https://www.facebook.com/surya.lamsal.14/videos/1982013135148885/

लैंगिक र घरेलु हिँसा सम्बन्धि कार्यक्रम

जर्जिया र सम्भवत अमेरिकामै पहिलो पटक विभिन्न स्थानीय, क्षेत्रीय, र राष्ट्रिय नेपाली संघ-संस्थाहरु मिलेर “लैंगिक र घरेलु हिँसा” सम्बन्धि  सोही दिन  सम्पन्न भएको छ I कार्यक्रम ३ वटा नेपाली संस्थाहरु – नाग, नासा, र एन.आर.एन. जर्जीया च्याप्टर – मिलेर गरेका थिए I कार्यक्रममा ३ वटा यसै क्षेत्रमा काम गर्ने संस्थाहरुले विज्ञहरु उपलब्ध गराएका थिए – रक्षा, तापेस्त्री,र सरणार्थी महिला संजाल (आर.डब्लु.एन.) I

कार्यक्रमको संचालान सरणार्थी महिला सन्जालका कार्यकारी अधिकृत सुष्मा बाराकोटीले गरेका थिए I कार्यक्रममा मनिषा लान्स (अधिकृत, रक्षा), स्वेच्छा पन्त (युवा संयोजक, रक्षा), अपर्णा भट्टाचार्य (कार्यकारी अधिकृत, रक्षा), र अरुण श्रेष्ठ (अधिकृत, तापेस्त्री) को उपस्थिति थियो I

कार्यक्रमको उदेश्यबारे बोल्दै कार्यक्रमका संयोजक इच्छा बास्तोलाले नेपाली समाजमा लैंगिक र घरेलु हिँसासम्बन्धि बहसको सुरुवात हुनुपर्ने र समाज समयमै सचेत हुनुपर्ने कुरा बाताउनुभयो I

त्यसमा थप्दै कार्यक्रम संचालक सुष्मा बाराकोतिले त्यसको सुरुवात नेपाली समाजका अगुवाहरु – संघ संस्थाका नेत्रित्वहरू, व्यवसायी नेत्रित्वहरू, शैछिक नेत्रित्वहरू – बाट हुनुपर्ने कुरा राख्नुभयो I समाजका अगुवाहरु यस्तो कार्यक्रममा आई सुनेर, बुझेर आफ्नो संस्था, व्यवसायमा यस्तो कुरा लागु गर्नुपर्ने अनि समाजमा अरुलाई पनि वताउनु पर्ने धारणा राख्नुभयो I

कार्यक्रममा बोल्दै तापेस्त्रिका अरुणा श्रेष्ठले “घरेलु हिँसा” को परिधि लोग्ने-स्वास्नी मात्र नभई परिवार वा सम्बन्धमा परेका कुनै पनि व्यक्ति-व्यक्ति वीचको व्यहार मात्र नभई बोलि र अन्य खालको पिंडा दिने कुनै पनि कार्य पर्ने कुरा राख्नुभयो I हाम्रो समाजमा संस्कृतिक लगायत विभिन्न कारणले पिडितलाई यस्तो कुरा “हिँसा” नै महसुश नहुने वा सामान्य लाग्ने, आफ्नो अधिकार थाहा नहुने, र महसुश/थाहा भएनी आर्थिक/समाजित/संस्कृति/पेसागत/सम्बन्धका कारणले रिपोर्ट नगर्ने कुरा राख्नुभयो I यसको लागी समाजमा यसबारे चेतना फैलाउने साथै सहयोगका हातहरु बढाउनु पर्ने कुरा राख्नुभयो I

अर्का वक्ता रक्षाका अपर्णा भट्टाचार्यले सानैदेखि बच्चाहरुलाई उमेर अनुसार यस्तो विषयबारे सजग गराउनु पर्ने कुरा राख्नुभयो जसले गर्दा उनीहरुले आफ्नो अधिकार थाहापाई कसैको कुनै पनि व्यहार वा बोलि अनुचित लागे बिरोध गर्न सक्ने बानीको विकास होस् I सुष्मा बाराकोतिले हाम्रो पूर्वीय समाज अझै पनि पुरुष-प्रधान भएकोले बाहिर श्रीमान-श्रीमतीको रोल एउतै तहको भएनी वा श्रीमतीको रोल माथि भएनी घरमा परिवारका बुवा-आमा वा अरुबाट श्रीमती भएकैले घरका भिबिन्न कामको अपेक्षा र कसरि व्यवहार गर्नु पर्ने अपेक्षा हुन्छा जो श्रीमान्लाई हुन्न  I

त्यस्तो हुँदा आफै “स्वयम्-सचेत” भए त्यसको बिरोध गरी सम्झाई-बुझाई आफ्ना केटा-केटी लाई समेत “लैंगिक समानता” को  उदाहरण सिकाउनु पर्ने कुरा राख्नुभयो I

 कार्यक्रम ११ जना कार्य-समितिको  रात-दिनको अथक  मिहेनत तथा विभिन्न स्वयम् सेवक, संघ-संस्थाका नेतृत्व, र समाजका अगुवाहरुको सहयोग र समर्थनबाट सम्भव भएको थियो I

कार्य समितिमा रहेका थिए – इच्छा बास्तोला (संयोजक), सुर्य लम्साल, अरुणा श्रेष्ठ, सुष्म बाराकोटी, अम्बिका लोहनी (नासाका उपाध्यक्ष), नमिता घिमिरे (नासाका बोर्ड सदस्य), केशव शर्मा (नागका अध्यक्ष), कुमार के.सी. (नागका कार्यकारी उपाध्यक्ष), राजु थापा (पूर्व अध्यक्ष, नाग), विकास श्रेष्ठ, र विश्वमान आन्गदेम्बे I कार्यक्रम अत्लान्तको नेपाली रेस्टुराँ “हिमालयन स्पाइस रेस्टुराँ एण्ड बार” मा भएको थियो I यो कार्यक्रम भर्खरै गठित २१ सदस्यीय एन.आर.एन जर्जिया हेल्पडेस्क को पहिलो कार्यक्रम पनि थियो I

यस्तो कार्यक्रम “एन.आर.एन. अमेरिका हेल्पडेस्क” को सन्जाल मार्फत निकट भविष्यमा अमेरिकाका ५० वटै राज्यहरुमा संचालन गर्न सकिने छ I “एन.आर.एन. अमेरिका हेल्पडेस्क” ले यही फेब्रुअरी १७ मा (शनिवार) टेक्सासको अस्टिनमा एउटा कार्यक्रमबाट अमेरिकाभरीका नेपालीहरुको लागि बहुप्रतिक्षित “एन.आर.एन. हेल्पलाइन” (१-८४४-६७६२-८७२ वा १-८४४-NRNA-USA) को औपचारिक घोषणा गर्दैछ I

Facebook Video Link: Bikash Shrestha (Amdocs)

https://www.facebook.com/bikash.stha/videos/10157284319649657/

 

प्रतिक्रिया