भर्जिनिया अमेरिका (जनवरी २८, २०१८) – ग्लोबल नेपाल टेलिभिजन भर्जिनियाको आयोजनामा साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा नेपाली समुदायलाई साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको छ । ग्लोबल नेपाल टेलिभिजनकी संञ्चालिका शृजना उप्रेती र संञ्चालक राजेन्द्र खनालको प्रयासमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली समुदायबाट करिब ३० जनाको सहभागिता रहेको थियो ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।
यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ ।
नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।
प्रतिक्रिया