डिसीमा ग्ल्याम क्यालेण्डर(मनमोहक पात्रो ) को व्यापक चर्चा ,दुईवटाको नाम एउटै हुँदा अन्यौल

इनेप्लिज २०७४ पुष २६ गते २:५६ मा प्रकाशित

विजय थापा ,अमेरिकाको राजधानी डिसी महानगर क्षेत्रमा गत जनवरी ६ तारिखका दिन आयोजित ग्ल्याम क्यालेण्डर–२०१८ (मनमोहक पात्रो २०१८ )को सार्बजनिक पछि सामाजिक संजालमा ग्ल्याम क्यालेण्डर को चर्चा परिचर्चा आकाशिएको छ l

ग्ल्याम क्यालेण्डरको बिषयले सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका )मा प्रसस्त चर्चा पाएको छ l एक महिना भित्र एक पछि अर्को एउटै नामवाट ग्ल्याम क्यालेण्डर को साईत जुराई र प्रकाशित भए पछि सवै अन्यौलमा परेका छन् l

गत बर्ष २०१७ को डिसेम्बर २ तारिखका दिन अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की(बिद्या वारिधि )को हात बाट नेपालका चर्चित ग्ल्यामर ( मनमोहक )छायाचित्रकार राजीव श्रेष्ठले २०१८ को लागि ” ग्ल्याम क्यालेण्डर–२०१८ ” सार्बजनिक गरेका थिए l

श्रेष्ठको ” ग्ल्याम क्यालेण्डर–२०१८ ले सबै संचार माध्यममा स्थान पाई चर्चा परिचर्चाको शिखर मा पुगेको थियो l झन्डै एक महिनाको अन्तराल भित्रै ग्ल्याम क्यालेण्डर–२०१८ को नाम जस्ताको तस्तै (हुबहु)को साईत जुराएर ग्ल्याम क्यालेण्डर–२०१८ नै सार्वजनिक हुन् गएकोमा अधिकांश अन्यौल तथा अलमलमा परेका छन् l

गत जनवरी ६ तारिख ” ग्ल्याम क्यालेण्डर–२०१८” को सार्वजनिक डिसी महानगर क्षेत्र मै बसोबास गर्ने आरएण्डआरका संचालक रोशन पुरीको नामवाट ग्ल्याम क्यालेण्डर प्रकाशित भए पछि सवै भ्रममा परेका छन् l किनभने एक महिना अगाडी सोही नाम बाट कार्यक्रम भै सकेको र पुन त्यही नामको अर्को ग्ल्याम क्यालेण्डर प्रकाशित हुँदा भ्रम ल्याएको छ l

स्मरण रहोस ,ग्ल्याम क्यालेण्डर–२०१८” को सार्वजनिक कार्यक्रम को ईनेप्लिज अधिकारिक संचार माध्यम रहेको थियो भने दुई मितिमा ईनेप्लिजले प्रत्यक्ष प्रसारण तथा समाचार प्रकाशित गरेको थियो l

ईनेप्लिज संग कुरा गर्दै राजीव श्रेष्ठले हुबहु नाम बनाउनु को सट्टा अन्य नाम पनि बनाउन सकिन्थ्यो भन्दै आफूले बनाएको क्यालेण्डर र आफ्नो नाम समेत हेरेर लिन आग्रह गरेका छन l यसै गरि श्रेष्ठको उक्त ,ग्ल्याम क्यालेण्डरमा मोडल (नमुना )रहेकी रिमा केसीले पनि नाम कसरी जुध्न गयो भनि आश्चर्यआमा परेकी छिन् l उनले अनगिन्ती नाम राख्न सकिने अवस्थामा यस्तो हुनुले राम्रो संदेश नजाने बताईन l

आरएण्डआरका रोशन पुरीले आफ्नो पात्रोको नाम संयोगवस यस्तो पुग्न गएको बताए l आगामी बर्ष देखि नाम परिवर्तन गर्ने सोच बनाई सकेको ईनेप्लिज लाई बताए l पुरीले अगाडि भने नियतवस आफूले यस्तो बनाउने प्रयास नगरेको स्पष्ट पारे l

राजिव श्रेष्ठ ,रोशन पुरी तथा रिमा केसी एकै समूहमा रहेका थिए भने केही समय अगाडि देखि मात्र पृथक भएका हुन् l पुरीले ग्ल्याम क्यालेण्डर–२०१८” को सार्वजनिक कार्यक्रममा सहयोग गर्ने सवैलाई बिशेष धन्यबाद दिएका छन् l

प्रतिक्रिया