क्यानडामा नेपाली टोपी दिवश

इनेप्लिज २०७४ पुष १८ गते ११:३९ मा प्रकाशित

जनवरी १ अटवा
विश्वभरी छरिएर रहेका नेपालीहरुलाई पाँचौं टोपी दिवशले एकपटक फेरी जुटाएको छ । कुनै जात धर्म लिंग र राजनैतिक बादभन्दा माथि उठेर सबैलाई एकताको सूत्रमा बाँध्ने टोपीदिवश अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) क्यानडा अटवाको आयाजनामा मनाईयो ।
टोपी शीरको शान हो । टोपी नेपालीको मान हो । टोपी साँस्कृतिक पहिचान हो । नारा भएका प्लेकार्ड सहित उपस्थित भएका क्यानडाका राजधानीवासी नेपालीहरुले प्लेकार्ड सँगै नेपाली झण्डा पनि बोकेका थिए। एलगन्क्वयन कलेजमा भेलाभएका नेपाली हरुले टोपी दिवश र नयाँ बर्ष २०१८को शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रलाई अनेसासका महाचिव सन्तोष बरालले स्वागत मन्तव्यबाट शुरुगर्नु भएको थियो । अनेसासका अध्यक्ष कमल कोइरालाले टोपीदिवशको बर्तमान समयमा किन आवश्यक्ता र महत्व झन बढेर गएको छ भन्ने विषयमा चर्चा गर्नु भयो । आफुले टोपीको बारेमा पढाउँदा सगरमाथाको प्रतिक । हिमालहरु जस्ते आकारभएको । तल गरा गरा भएर पहाड र तराईको प्रतिक भन्दै पढाएको बारेमा अध्यक्ष कोइरालाले भनाइ राख्नु भयो । कसरी र कहाँबाट टोपी दिवशको थालनी भएकोबारेमा एकमत नपाइएता पनि यो अतिनै राम्रो काम हो । अनेसासले सराहनिय कामको थालनी गरेको छ । नेपाली टोपीले विश्वभरीमा नेपालीलाई परिचित गराउन खेलेको भूमिकाको एनआरएन क्यानडाका उपाध्यक्ष रमेश बानियाले चर्चा गर्नु भयो । त्यसै गरी टोपी दिवशको थालनीको चर्चा गर्दै यो सबै नेपालीहरुले क्रयक्षमताले पनि धान्न सक्ने । साँस्कृतिक पहिचानको टोपीलाई ब्यापक बनाउँदै लानु पर्दछ । अझ महिलाहरुलाई पनि नेपालीपन झल्कने किसिमका पहिरन गुन्यूँचोली । पछौरा सहित उपस्थित गराउँन सके अझ व्यापकत हुने कुरा यसले अझ सक्ने कुरा अनेसासका सल्लाहकार डा कृष्णहरि गौतमले राख्नु भयो ।

मन्तव्य राख्ने क्रममा संस्थाका उपाध्यक्ष भानुभक्त आचार्यले नेपाली महिलाहरुले पनि टोपी लगाउँन शुरु गरेकोमा खुशी व्यक्त गर्नु भयो । पहिला पहिला टोपी शीरमा राख्न समेत हिचकिचाउने आमा दिदीहरुको सम्झना गर्दै कति राम्रो देखिदो रहेछ । टोपीलाई पनि महिला पुरुषविचको भेदभाव गराउने बस्तुको रुपमा नलिइ नेपालीहरुको पहिचानको रुपमा लैजानु पर्दछ भन्नु भयो । टोपीको महत्व नयाँ पिंडीमा पनि बुझाउँदै र हस्तान्तरण गर्दै लानु पर्दछ भन्ने विचार राख्नु भयो । अन्य बक्ताहरुमा अनिल पौडेल ,विष्णु कार्की, नविन सुवेदी ,सुरेन उप्रेती ,कौशल आचार्य, आशुतोष उप्रेती, नारायण गौतम ,संस्कार बराल, नन्दलाल कोइराला आदिले नेपाली पोशाकलाई नै दिवशको रुपमा मनाउनु पर्ने । यसकालागि नेपाल सरकारले नै नेपाली पोशाक दिवसको घोषणा र शुरुवात हुनु पर्ने कुरा राख्नु भयो ।

प्रतिक्रिया