विजय थापा ,नेपाल जेसीजको ४४ औं महाधिवेसनमा भएको निर्वाचनमा रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल बिजयी भएका छन् l उनले ६ सय ३९ मत ल्याई सन् २०१८ को लागि नेपाल जेसिज का राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएका छन् l उनले उनका निकटतम प्रतिद्वन्दी महेश पौडेलले ६ सय ३१ मत प्राप्त गरेका छन् l केवल ८ मतको फरकमा बस्याल राष्ट्रिय अध्यक्ष पदमा बिजयी हुन् सफल भएका छन् l
गत पुस ८,९ र १० गते तीन दिन सम्म चलेको उक्त महाधिवेसन भैरहवा स्थित महेन्द्रसभा गृहमा सम्पन्न भएको छ l उक्त महाधिवेसनको लागि अधिराज्यभरका बिभिन्न जेसीज शाखाबाट २ हजार भन्दा ज्यादा भैरहवा प्रतिनिधिहरु आएका थिए l
अध्यक्ष पदकालागि रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल तथा इटहरी जेसीजका महेश पौडेलबीच भिडन्त भएको थियो l यसैगरी ४ कार्यकारी उपाध्यक्ष तथा १२ उपाध्यक्षको पनि निर्वाचन सम्पन्न भएको छ l
को हुन् श्रीधर बस्याल :
राष्ट्रिय अध्यक्ष पदका लागि रामग्राम जेसीजका पूर्व अध्यक्ष श्रीधर बस्याल सफल युवा व्यवसायी हुन् l सन २००४ मा जेसीजको सदस्यता प्राप्त गरेका बस्याल विभिन्न पद हुदैँ सन २००९ मा रामग्राम जेसीज परासीको अध्यक्ष भएका थिए ।
नवलपरासीको रामग्राम नगरीका वासिन्दा बस्याल सन २०१० मा नेपाल जेसीजको उपाध्यक्ष,सन २०१२ मा प्रशिक्षक आयुक्त,सन २०१३ मा राष्ट्रिय अध्यक्षको सल्लाहकार तथा सन २०१७ मा नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भएका थिए । जेसीज बाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि उनी आवद्ध छन् ।
उनले नेपालको समग्र परिवेशमा एउटा उत्कृष्ट युवाको आवश्यक छ जसले जेसीजको माध्यमबाट सम्पुर्ण युवाहरुलाई समाहित गर्दै राष्ट्रमा सकारात्मक परिवर्तनको अभियन्ताको रुपमा अगाडी बढन आफूले अध्यक्ष पदमा उम्मदेवारी दिएको बताएका थिए l र उनले जेसीजमा १४ वर्ष आफ्नो लामो अनुशासित र उपलब्धिमुलक यात्रा रहेको बताएका थिए l उनले सदैव जेसीज अभियानलाई अग्र भागमा उभ्याउन आफ्नो उत्कृष्ट क्रियाशिलता भनेका थिए l
जेसीज महाधिवेसनको उद्धघाटन पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहलले गरेका थिए l सन् १९९१ मा १७ औं महाधिवेसन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेसन गर्ने अवसर पाएको थियो भने ४५ औ महाधिवेसन जनकपुरमा हुने भएको छ ।
सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । जेसीजको मूल उद्धेश्य १८ वर्ष देखी ४० वर्ष उमेर समूहका युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास गर्नु रहेको छ l
नेपालमा सन् १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छ l
प्रतिक्रिया