हलिउडखबर/सान फ्रान्सिस्को ,गत डिसेम्बर २३, २०१७ का दिन नेपाल सरकारका महावाणिज्य दूत ऋषि पन्नाखर ढकालको प्रमुख आतिथ्यमा सान फ्रान्सिस्कोको बर्केलीमा स्थित हिमालय फ्लेभर नेपाली कुजिनमा को हलमा हलिउडखबर अनलाइन मिडियाको प्रथम बार्षिक उत्सब भब्य रुपमा सम्पन्न भएको छ। यसको साथै उक्त कार्यक्रममा जनालाई कदर पत्र द्वारा सम्मान गरिएको थियो l
कार्यक्रममा नेपाल सरकारका पर्यटन दूत प्रकाश थापा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद अमेरिकाज क्षेत्रकी महिला उप संयोजक संगीता लम्साल सिवाकोटी, नेपाली जनसम्पर्क समिती अमेरिकाका सचिव ईश्वर सापकोटा, केन्द्रिय सदस्य चन्द्र धिताल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकी उपाध्यक्ष उमा कार्की थापा, नेपाल अमेरिका पत्रकार संघका महासचिव तोया दाहाल, लायन्स क्लब ४-सी३ का गभर्नर राजेन थापा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यालीफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे र अन्य पदाधिकारीहरु, मदर ल्याण्ड नेपाल तथा नेपाल सरकारका पूर्व पर्यटन दूत अनिल पाण्डे, नेपाली एसोशिएशन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष रबिन्द्र राई समेत उपस्थिति रहेको थियो l
नेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफ़ोर्निया च्याप्टर पदाधिकारीरुका साथै नेवा अर्गनाइजेशन, तमु समाज उत्तर क्यालिफ़ोर्निया, द व्हाइट जोन, कृयटिभि अर्गनाइजेशन, तामाङ्ग कोअपरेटिभ उत्तर क्यालिफ़ोर्निया, एनडब्लुजीएन उत्तर क्यालिफ़ोर्निया, सन्नि सगरमाथा समाज, नेपाली कम्यूनिटी सेन्टर उत्तर क्यालिफ़ोर्निया, नेपालीहरुको मात्र नेतृत्व रहेको विभिन्न ६ वटा लायन्स क्लबका प्रतिनिधि, खुल्लामंच डटकमका संचलाक/संस्थापक गोकुल ढकाल, ओएस नेपाल डटकमका सन्दीप बाबु चौधरी, नेपालदर्पण डटकमका अमृत कुँवर, स्थानिय रुपमा बस्दै आउनु भएका एक दर्जन भन्दा धेरै संचारकर्मी/पत्रकार लगायत स्थानिय ब्यबसायीहरु, प्रतिष्ठित ब्यक्तितित्वहरुको उपस्थित रहेको थियो।
स्टेट अफ क्यालिफोर्नियामा दर्ता भएको हलिउडखबर मिडिया एण्ड इन्टरटेन्टमेन्ट एलएलसी द्धारा संचालित हलिउडखबर डटकमको सो पहिलो वार्षिक कार्यक्रममा नेपाली समुदयामा योगदान दिनुहुने बिभिन्न ९ जना व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो।
यसका अलावा सान फ्रान्सिस्को क्षेत्रमा अनलाइन पत्रकारिता सुरु गरेका तीनजना अग्रजहरु अनिल पाण्डे, धनन्जय के सी, ध्रुव थापालाई सम्मान पनि गरिएको थियो।
मिडियाको तर्फबाट वर्ष भरिका समाचारका हाइलाइट अनि आगामी बर्षको योजान समेत प्रस्तुति गरिएको थियो। समाजको कुनै पनि पाटोलाई परिवर्तन गराएको या कुनै बिषयमा पत्रकारिता कै कारण भएको फरक नतिजाको कारक बन्ने पत्रकारलाई आगामी वर्षको लागि $१००० को “कामदा मिलन” पत्रकारिता पुरस्कारको घोषणा समेत गरिएको छ।
पुरस्कार नेपाल र अमेरिकामा पत्रकारिता गरेका एक्टिभ पत्रकारहरु मध्य एकजना नेपालमा र एक जना अमेरिकामा प्रदान। सो पुरस्कार हलिउडखबरका संपादक रोशन अधिकारी र हलिउडखबरको संयुक्त रुपमा घोषणा गरिएको हो। पुरस्कारका लागि नेपालमा नपाल पत्रकार महासंघ र अमेरिकामा नेपाल अमेरिका पत्रकार संघको सहकार्यको प्रयासबाट गरिने छ।
बार्षिक उत्सवको प्रमुख आकर्षण भएको नेपाली पत्रकारीतामा इतिहास (नेपाल) देखि वर्तमान (अमेरिका) सम्म अन्तरकृया थियो। अन्तरकृयामा बिगत देखि कर्पोरेट बिकास सम्म बरिष्ठ पत्रकार रवि अधिकारीले प्रस्तुती दिनुभयो। अधिकारीले गोरखापत्रको स्थापना काल र जय पृथ्वी बहादुर सिंहको पालाको पत्रकारिता र हालको कर्पोरेट अनि डिजिटल मिडियाका बिषयमा बेजोड प्रस्तुती गर्नु भयो।
वर्तमान अवस्थामा नेपाल र अमेरिकामा देखिएका पत्रकारिताका प्रयास, नैतिकता र प्रयास, डिजिटल पत्रकारिता, चुनौती अनि राम्रा र नराम्रा अभ्यास , पाठकको बुझाइ र पाठकलाई दिने कुरा, समाचार र बिचार, लेख र समाचार लगायतका कुराहरुमा नेपाल अमेरिका पत्रकार संघका महासचिव तोया दाहालले प्रस्तुति दिनु भएको थियो।
दाहालले आफुले अमेरिकाबाट संचालित हुने अनलाइनहरुको विश्लेषण समेत प्रस्तुत गर्दै भन्नुभयो धेरै मध्य कतिपय त आरोप, सौख, व्यक्ति र संस्था केन्द्रित भएका अनि कतिपयले भने बिस्तारै व्यवसायिकता तर्फ केन्द्रित भएको समेत प्रस्तुत गर्नुभयो।
यसै गरी मिडियाले पत्रकारीता, खेलकुद, समाज सेवा, नेपाली संस्कृतिको बिकास, इन्टरप्रेनर लगायतको बिषयमा योगदान दिएर एउटा नतिजा दिनु हुने नौ जनालाई कदर पत्र प्रदान गरेको थियो।
कदर पत्र पाउनुहुने ब्यक्तिहरुमा:
१. अनुप बज्राचार्य
अनुप बज्राचार्य एक राम्रो बिधार्थी हुनुका साथै एक सफल ब्यबसायी पनि हुनुहुन्छ। धेरै कुराको ब्याख्या भन्दा पनि अनुप किचेन भनेर नेपाली विभिन्न परिकार बनाएर यूट्यूबमा राखेर नेपाली फूड कल्चरको बिकास गरेर एउटा उदाहरणिय कार्य गर्नुभएको छ अनुपले। जुन भिडियो हेरेर तपाई सजिलै नेपाली खाना बनाउन सक्नुहुन्छ अनि आफ्ना नानीहरुलाई टिचिङ्ग पनि गर्न सक्नुहुन्छ। यो एउटा उदाहरणिय र सह्रानिया कार्य गरेको हुनाले।
२. गगन पाण्डे
गगन पाण्डे उसै पनि युवा ब्यक्तित्व। थुप्रै प्रसंसाका कुरा हुँदा-हुँदै पनि हामीले गत र यो वर्ष सन फ्रान्सिस्को बे एरियामा लायन्स क्लबहरुको संयुक्त आयोजनाको सकर खेलको संयोजन गर्नुभएको थियो। लगातार तीन महिना सम्म उक्त लिग गेममा लागि पर्नुभएको पाण्डे एक उदाहरणिय व्यक्ति हुनुहुन्छ। यसबाट नेपाली अमेरिकनको खेल प्रतिको उत्साह र बाटो खुलेको छ। यसर्थ पनि उहाँ धन्यवादका लागि योग्य हुनुहुन्छ।
३. सुस्मिता सिजापति
सुस्मिता सिजापति एक सफल समाज सेवाकी अगुवा हुनुहुन्छ। नेपाली महिला विश्व संजाल ,क्यालिफोर्निया च्याप्टरको अध्यक्ष हुनुहुन्छ। त्यो त सामान्य कुरा हो। उहाँको नेतृत्वमा च्याप्टरले २५ जना महिलाहरुलाई सिपिआर ट्रेनिंङ्ग दिएर एउटा उदाहरनिय काम गरेको छ। सो ट्रेनिंङ्ग पश्चात संबन्धित काम गर्ने महिलाहरुले घन्टाको $१ देखि $१० सम्म थप कमाइ गर्न सक्छन। हेर्दा सामान्य लाग्छ तर यसको इम्प्याक्ट धेरै रार्मो छ। यस्तो काम स्थानिय रुपमा अरु कुनै संघ-संस्थाले गरेनन तसर्थ पनि उहाँ एक उदाहरणिय हुनुहुन्छ।
४. सच्ची मैनाली
सच्ची मैनाली एक शशक्त संचारकर्मी हुनुहुन्छ। हलिउडखबरले यो वर्ष अमेरिकामा नेपाली पत्रकारितामा विशिष्ट रुपले योगदान दिने पत्रकारहरुको खोजि गर्यो। अमेरिकामा खासगरी न्यूयोर्क, डिसि मेट्रो क्षेत्र, टेक्सास, कोलोराडो र क्यालिफोर्नियामा पत्रकारिता गर्ने र गरेका व्यक्तिहरु धेरै छन्। ति सबै क्षत्रमा एक्टिभ पत्रकारहरुको लिस्ट बनाएर रेकर्ड हेर्दा यो वर्ष सच्ची मैनालीले गरेका धेरै मध्य तीनवटा रिपोर्टिङ्गले समाजमा परिवर्तन र योगदान मात्र दिएन करेक्शन सम्म गर्न लगायो। न्यूयोर्क रिजउडको सप्ताह-महाँयज्ञ, एनआरएनए अमेरिकाको निर्वाचनको नतिजा र उम्मेदवारको योग्यतामा निर्वाचन आयोग चुकेको अवस्था अनि एनआरएनए अमेरिकाले आइसिसि सदस्य सिफारिसमा गरेको नाटक र हाक्का-हाक्की झुटको पर्दाफास गर्न सफल हुनुभयो। जसका कारण सो बिषयले फरक नतिजा सम्म पुग्न सहायता गर्यो। यति मात्र होइन अरु धेरै प्रसंशा गर्न योग्यका कुरा पनि छन् उहाँका।
५. राजेन थापा
राजेन थापा आफैंमा सफल इन्टरप्रेनर त हो नै। नेपाली मध्यमा पहिलो पटक लायन्स क्लबको डिस्ट्रिक गर्भनर सम्मको पदिय मर्यादा सम्म पुग्ने व्यक्ति हुनुहुन्छ। आधा दर्जन भन्दा धेरै लायन्स क्लब स्थापना गर्न नेतृत्वको भूमिका खेल्नु भएको छ। विभिन्न समाज सेवामा साथ् रहने, नेपालीहरुको नाम र हैसियत उच्च गर्न अरु थुप्रै काम समेत गरेको हुनाले उहाँ एक सम्मानित व्यक्ति हुनुहुन्छ। यति मात्र होइन हालै स्टेट अफ क्यालिफोर्नियामा नेपाली भाषामा ड्राइभर लाइसेन्सको परिक्षा दिनका लागि गरिएको अभियानको एक अभियन्ता पनि हुनुहुन्छ। यो एउटा सफल समाज सेवाको लागि सम्मानजनक कुरा मात्र होइन सिंगो नेपाली समुदायको लागि पनि गौरवको कुरा हो।
६. उज्जल ठकुरी
उज्जल ठकुरीको लागि प्रसंसा गर्ने एक होइन दुइ होइन धेरै कारण छन्। कराँते खेलका एक विश्व रेकर्ड तोडेका व्यक्ति हुनुहुन्छ ठकुरी। हालै मात्र आफ्नै पछिल्लो रेकर्ड तोडेका ठकुरी सयौं पदक र सम्मानको रेकर्ड प्राप्त व्यक्ति हुनुहुन्छ। यसबाट नेपाल र नेपालीको नाम झन् उच्च भएको छ।
७. नारायण सोमनामे
नारायण सोमनामे एक सफल इन्टरप्रेनर हुनुहुन्छ। आफ्नो यति रेस्टराँमा ब्रुवारी समेत डेभलप गरेर अब यति फ्रेनचाइजिजको रुपमा जान सक्ने अवस्थामा हुनुहुन्छ। थुप्रै नेपालीहरुलाई रोजगारी दिनुभएको छ। अनि अरुलाई ब्यबसाय गर्न प्रेरणा दिनुभएको छ। यसका अलावा समाजमा थुप्रै सेवा र नेवारी संस्कृतिको बिकासमा समेत विशेष योगदान दिनुभएको छ सोमनामले।
८. छिरिङ्ग शेर्पा
छिरिङ्ग शेर्पा विगत दुइ दशक देखि सोनोमा क्षेत्रमा ब्यबसाय गर्दै आउनु भएको छ। नेपाली फूड र फूड कल्चरलाइ स्थानिय रुपमा भरिपूर्ण रुपमा प्रस्तुत गर्नुभएको छ। नपालीहरुलाइ रोजगारी दिनुभएको छ। शेर्पा कल्चर र खाना समेत परिचय गराउनु भएको छ उहाँले। नेपाली फूड कल्चरमा अझै उहाँको राम्रो योगदान निरन्तर रहोस भनेर यो कदर गरिएको हो।
९. भक्त थापा तथा पशुपति फाउण्डेशन लस एन्जलस
भक्त थापा लस एन्जलसको समुदायमा चर्काको अर्को नाम हो। पशुपति फाउण्डेशनका अध्यक्ष रहनु भएका थापाको सफल नेतृत्वबाट लगभग १.५ मिलियन डलरको मन्दिर भवन र बुद्ध मुर्ती समेतको स्थापना मात्र होइन लगभग ७०/८०% मोर्टगेज पनि भुक्तानी भएको अवस्था फ़ाउण्डेशनको। यो उहाँको एकल प्रयासले भएको होइन तर नेतृत्व दिनु आफैमा सफल कुरा हो। यति मात्र होइन उहाँ एक सफल इण्टरप्रेनर अनि सीटी अफ आर्टेशियाका प्लानिङ्ग कमिशनमा समेत हुनुहुन्छ। नेपालीहरुको अन्य समुदायमा उहाँको लिडर्शिप टिचिङ्ग सह्राणिय छ।कार्यक्रमको अन्तमा विभिन्न व्यक्तिहरुले सफलताको शुभकामना प्रदान गर्नुभएको थियो।
प्रतिक्रिया