सात वर्षीय बालकको लफडा, मायामा बिछोडिएपछि यस्तो गीत गाए (भिडियो सहित)

इनेप्लिज २०७४ पुष ६ गते १२:०८ मा प्रकाशित

काठमाडौं । हुन त माया प्रेमको कुनै सिमाना हुँदैन । न त यसमा जात, धर्म वा उमेरको नै सिमाना तोकेको हुन्छ । तर जहाँ माया हुन्छ त्यहाँ शंका वा धोका पनि सम्भव छ । यस्तै धोकाको सामना गरेका छन् एक सात वर्षीय बालकले त्यो पनि मायामा अनि बिलौनाको गीत पनि गाएका छ । सुन्दा अचम्म लाग्न सक्छ । यस्तो अपत्यारिलो घटनाको पात्र बनेका सात वर्षीय बालक हुन् सबी साजन राई । यो उनको वास्तविक जिवनमा आई परेको घटना भने होईन । यो प्रसंग हो उनको स्वर र अभिनयमा समेत हालै सार्वजनिक भएको एउटा गीतको ।

पुरानाको संरक्षण गर्दै नयाँ नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र अवसर दिने कम्पनीको रुपमा स्थापित प्र्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा खुसी हौली तिमी त्यहाँ, म छु यहाँ पिरै पिरमा बोलको गीत सात वर्षीय बालक सबी साजन राईको स्वरमा सार्वजनिक भएको हो । उक्त गीतमा ईन्द्र बुढाथोकीको शब्द तथा सनम पुरुषको संगीत रहेको छ । सबी साजन राईले गायन तथा अभिनयमा समेत राम्रो सम्भावनाको लक्षण देखाएका छन् ।

बाँकी थाहा पाउँन भिडियो हेर्नुहोस् :

प्रतिक्रिया