त्रिविका प्राध्यापकहरुले कांग्रेस पहिलो दल बन्ने र एमाले दोस्रो हुने भन्ने गरेको भबिष्यवाणी असफल

इनेप्लिज २०७४ पुष १ गते १५:५७ मा प्रकाशित

ज्योतिषीहरुले भूतकाल र वर्तमान काल को बारेमा केहि हद सम्म मिलाउदछन l तर भबिष्यको कुरा भनेको मिल्न सक्ने कम सम्भावना हुन्छ l कैयौ ज्योतिषी र भबिष्यवाणीकर्ता चित खाएका छन् l त्यसको ज्वलन्त उदाहरण अमेरिकामा हिलारी क्लिन्टनले भारी बहुमतले जित्ने र राष्ट्रपति भनेका थिए र ज्योतिष पनि चुके l

यसै गरि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको भबिष्यवाणी असफल भएको छ l उनीहरुले कांग्रेस पहिलो दल बन्ने र एमाले दोस्रो हुने प्रतिवेदन तयार गरेका थिए l

त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र, जनसंख्या आदि विभागका प्राध्यापकहरु संलग्न एक संस्थाले देशका विभिन्न स्थानमा आफ्ना प्रतिनिधि खटाएर गरेको अध्ययन प्रतिवेदनले काँग्रेस पार्टी नै मुलुकको पहिलो पार्टी बन्ने अनुमान गर्दै आफ्नो अध्ययन प्रतिवेदन तयार पारेको थियो l

सो प्रतिवेदन सार्वजनिक नभई र नेपालको चर्चित पत्रिका हाम्राकुराले विशेष स्रोत मार्फत् प्रतिवेदन प्राप्त गरेको रिपोर्टर्स नेपाल डटकमले उल्लेख गरेको थियो l र सोही संस्थाले आधिकारिक रुपमा प्रतिवेदन सार्वजनिक नगरे सम्मको लागि सस्थाको नाम उल्लेख गरिएको छैन भनि रिपोर्टर्स नेपाल डटकम संजालले लेखेको थियो l

उक्त संस्थाले गरेको प्रक्षेपण अनुसार नेपाली काँग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कूल १ सय १६ सिट ल्याउँदै पहिलो पार्टी बन्ने देखिएको भबिष्य वाणी गरेको थियो भने दोस्रो हुने एमाले प्रत्यक्ष र समानुपातिकमा गरी कूल ८९ सिटमा सीमित हुने देखिएको थियो l

यसै गरि सो संस्थाले गरेको अध्ययनमा नेपाली काँग्रेसले दुबैचरणमा हुने चुनावमा प्रत्यक्ष तर्फ ७५ सिट र समानुपातिक तर्फ ४१ गरी कूल १ सय १६ सिट ल्याउने अनुमान गरिएको देखाएको समाचार लेखेको थियो l

उसले गरेको भबिस्य वाणीमा कम्युनिष्ट गठबन्धनका दुई दलहरु मध्ये एमाले प्रत्यक्ष तर्फ ५९ र समानुपातिक तर्फ ३० गरी कूल ८९ सिटमा विजयी हुने प्रक्षेपण अध्ययनले गरेको थियो l

त्यस्तै, माओवादी केन्द्रको १५ सिट प्रत्यक्षमा र १३ सिट समानुपातिकमा गरी कूल २८ सिट आउने देखिएको अनुमान गरेको थियो । अन्य दलहरुमा संघीयसमाजवादी फोरमले प्रत्यक्ष तर्फ ६ सिट र समानुपातिक तर्फ ८ गरी कूल १४ सिट र राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष तर्फ ५ सिट र समानुपातिक तर्फ ६ गरी कूल ११ सिट आउने देखिएको बताएको थियो l

यस्तै गरि राप्रपाले २ प्रत्यक्ष र ५ समानुपातिक गरी ७ सिट जित्ने आकलन गरिएको थियो भने बाँकी रहेका ३प्रत्यक्ष र ७ समानुपातिक सिटमा अन्य दलहरुले चुनाव जित्ने आकलन गरिएको थियो l

तर २०६४, २०७० र २०७४ सालका निर्वाचनहरुमा नेकपा एमालेले प्राप्त गरेको मत सामाजिक लोकतन्त्रवादीहरु भएको र नेकपा माओवादी केन्द्रले २०७० र २०७४ का निर्वाचनमाप्राप्त गरेको मत कम्युनिष्टहरुको हो भन्ने आधारमा उक्त सर्भेक्षण गरिएको थियो l

नेपालको चुनावी राजनीति दुई ध्रुवमा विभाजित भएकाले कसको मत कति आउँछ भन्ने विषय सहजै अनुमान गर्न सकिँदैन भन्ने उल्लेख गरेको तर पनि गएको स्थानीय निर्वाचन परिणाम, बदलिँदो परिस्थिति, राष्ट्रिय राजनैतिक मुद्दा, मतको शैली, युवाहरुको मनोविज्ञान, उद्योगी व्यवसायी कारोबारीको मनोभाव, उमेदवारहरुको लोकप्रियता, आमसञ्चारको प्रयोग, जनताको मनोविज्ञान उम्मेदवारको समावेशीकरणको सवाललगाएतका विषयहरुलाई आधार मानेर उक्त प्रक्षेपण गरिएको सो संस्थाले जनाएको थियो

त्यस्तै, गठबन्धनमा जोडिएकै आधारमा सबै मत गठबन्धनको अर्का पार्टीको उम्मेदवारलाई पनि नजाने सो अध्ययनले देखाएको थियो ।

कुनैपनि पार्टीको सदस्यता नलिएका स्वतन्त्र मतदाताहरुको मत पनि यसपाली गठबन्धन तर्फ भन्दापनि लोकतान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिको रुपमा मतदान गर्ने भएकोले एमालेका पनि धेरै लोकतान्त्रिक विचार बोकेका कार्यकर्ताहरुले समेत काँग्रेसलाई मत दिने र कम्युनिष्ट बिचार बोकेकाहरुले एमाले वा माओवादीलाई मत दिने देखिएको बताएको थियो l

प्रतिक्रिया