नेपाली सेना हाई अलर्टमा छ, सुरक्षाको बलियो प्रबन्ध छ : नयनराज दाहाल, प्रवक्ता (नेपाली सेना)

इनेप्लिज २०७४ मंसिर २० गते ११:४९ मा प्रकाशित

नेपाली सेनाका प्रवक्ता नयनराज दाहालले भोलि हुने निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त, दुरुस्त पारिएकोले सुरक्षाको कुनै चिन्ता नगर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । प्रवक्ता दाहालले भनेका छन्,‘नेपाली सेनाले अन्य सुरक्षा फौजसँग मिलेर आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हामी सबै मिलेर सक्रिय भूमिका निर्वाह गरिरहेका छौं । र, अन्य सुरक्षाकर्मीहरुपनि दिनरात खटिनरहनुभएकोछ । सुरक्षामा हामीले सुक्ष्म निगरानी दिईरहेका छौं । कुनैपनि घट्नासँग भयवित भएर निर्वाचनमा नजान कारण नराख्न म आग्रह गर्दछु।’ दाहालसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कका लागि गरेको कुराकानीको सम्पादित अंश :

 

भोलि हुने निर्वाचनमा जनताले निर्धक्क भएर मतदान गर्नसक्छन् ?

पक्क्कैपनि सक्नुहुन्छ ।

कसरी सक्नुहुन्छ, आश्वस्त पारिदिनुहोस् त ?

नेपाली सेनाले अन्य सुरक्षा फौजसँग मिलेर आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हामी सबै मिलेर सक्रिय भूमिका निर्वाह गरिरहेका छौं । र, अन्य सुरक्षाकर्मीहरुपनि दिनरात खटिनरहनुभएकोछ । सुरक्षामा हामीले सुक्ष्म निगरानी दिईरहेका छौं । कुनैपनि घट्नासँग भयवित भएर निर्वाचनमा नजान कारण नराख्न म आग्रह गर्दछु ।

विभिन्न ठाउँमा बम पड्किएका छन, कसरी निर्धक्क भएर मतदान गर्न सक्छन् ?

केही घट्ना भएका छन् । ती घट्नाबाट त्रसित भएर जनता मतदानमा जान डराउनुहुँदैन, रोक्नुपर्ने अवस्था छैन। जनताको जिउ ज्यानको सुरक्षाको लागि चाहीँ, नेपाली सेना तथा अन्य सुरक्षा फैजा तत्परताका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको छ । र हामीले विभिन्न किसिमका अपराधिक घट्नामा संलग्न व्यक्तिहरुलाइ पक्राउ गर्न, विस्फोटक पदार्द निस्क्रिय पार्न, र कुनैपनि हुन सक्ने सम्भावित घट्नालाइ रोक्नको लागि आफ्नो फौज स्ट्याण्डबाई राखेका छौं ।

नेपाली सेना कसरी परिचालित भैरहेको छ त?

हामी मतदान केन्द्रलाई केन्द्रित भएर सबै निर्वाचन क्षेत्रमा तैनाथ छ । पहिलो घेरामा नेपाल प्रहरी हुन्छ, दोस्रो घेरामा सशस्त्र प्रहरी हुन्छ, मतदाताहरुलाई मतदान केन्द्रसम्म जान र फर्किनको लागि एउटा विशेष सुरक्षाको प्रबन्ध गरेको छ । हामी तेस्रो घेरामा रहेर सुरक्षा दिन्छौं।

जनता अझैपनि आश्वस्त छैनन्, सुरक्षा निकाय चुकेको हो र ?

हामी चुकेका छैनौं । हामी अझैपनि सम्पूर्ण शक्ति प्रयोग गरेर सुरक्षा दिन तयार छ, र दिईरहृेको पनि छौं । मैले यहँलाई के आग्रह गर्न चाहन्छु भने सुरक्षा फौजबाट जतिपनि भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो हामीले दिईरहेका छौं ।

सुरक्षा निकायवीच समन्वय भएको छ त ?

हामीवीच समन्वय भैरहेको छ । हामी सुक्ष्म निगरानीका साथ खटिरहेका छौं । हामीले सुरक्षा दिन्छौं । म ढुक्क हुन आग्रह गर्दछु।

बम विस्फोटन गराउनेहरुलाई खोई त तपाईहरुले पक्राउ गर्न सक्नुभएको ?

नेपाली सेनाले आजको दिनसम्म १ सय ५१ ब्टा विस्फोटक पर्दाथहरु ीनस्क्रिय पारेको छ । झण्डै २० विस्फोटक पदार्थसहितका व्यक्तिहरुलाई समातिएका छन् । पक्राउ गरिएको अवस्था छ । केही चाहीँ विस्फोटन भएका छन् । दाङबाहेक अन्यत्र मानवीय क्षति भएको छैन । हामीवीच असल समन्वय भैरहेको छ ।

मतपेटिका लुट्ने वा बुथ कब्जा गर्नेहरुलाई तपाईहरुले कस्तो कारबाही गर्ने तयारी गर्नुभएको छ ?
यस्तो घट्ना हुन गएको खण्डमा हामीलाई तत्काल कारबाही गर्ने अधिकार छ । कुनैपनि आँतकारी गतिविधिलाई नियन्त्रण गर्ने अधिकार छ, हामी स्थिति नियन्त्रणमा लिन्छौं ।

विप्लव समूहले निर्वाचन खारेज गर्न गतिवधि अघि बढाईरहेकोछ, तपाई उनीहरुलाई कस्तो कारबाही गर्नुहुन्छ ?

चुनाव विथोल्ने शक्तिरुलाई रोक्नको लागि हामी तत्पर छौं । त्यसको लागि प्रतिकार गर्ने ठाउँमा आवश्यक शक्ति प्रयोग गर्ने ठाउँमा हामी गर्छौं ।

कस्तो किसिमको शक्ति प्रर्दशन गर्न चाहन्छु ?

बुथ कब्जा गर्ने वा अन्य गलत गतिविधि गर्ने संभावना छैन । अत्यन्तै न्युन रहन्छ । मतदान केन्द्र नजिकै नेपाली सेना रहन्छ । ५ देखि ७ मिनेटमा पुग्नेगरि हामी स्ट्याण्डबाई अवस्थामा हुन्छौं । हामी तेस्रो घेराबाट नै सुरक्षा दिन्छौं । चुनाव विथोल्ने कोही कसैले चेष्टा गर्छ भने हामी कसैलाई छोड्दैनौं ।

धाँधली भयो भने के हुन्छ ? बुथ कब्जा गर्नेहरुलाई कारबाही हुन्छ त ?

प्रमुख जिल्ला अधिकारीले आग्रह गरेको खण्डमा नेपाली सेना भूमिका निर्वाह गर्छ, त्यो स्थिति हामी नियन्त्रणमा लिन्छौं । भयरहित वातावरणमा निर्वाचन गराउन तत्पर छ ।

निर्वाचन सफल बनाउनको लागि के–के गर्छ ?

मतदानमा जानको लागि सुरक्षित वातावरण तयार पार्छ । २४ सै घण्टा पाट्रोलिङ गर्छ, मतपेटिका सुरक्षितसाथ सम्बन्धित स्थानमा पुर्याउँछ । हामी एलर्ट छौं ।

प्रतिक्रिया