अमेरिकामा नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न

इनेप्लिज २०७४ मंसिर १८ गते ०:५७ मा प्रकाशित

बिजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्र का नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न भएको छ । आज दिसेम्वर ३ तारिख आईतवारका दिन नायक कोईरालाको लामो समय देखि प्रेममा बाधिएका आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार ,शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

नायक कोईराला गत दुई महिना अगाडी सितम्बर ३ तारिख बिबाह गर्ने तय भएको उन्ले सामाजिक संजालमा लेखेका थिए । यस सुखद उपलक्षमा ईनेप्लिज नव दम्पतिको सुखमय बैबाहिक जीवनको साथै उत्तर उत्तर प्रगतीको कामना गर्दछ ।  बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले गराएका हुन् l

 

तस्विर तथा भिडियो : रमेश खनाल/रतन सुवेदी / बिजय श्रेष्ठ

प्रतिक्रिया