अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डि.सी. मा अब देखी हरेक महिना वाशिङटन डि.सी. साहित्यिक सँगम नामाकरण गरिएको बिशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ । संसार भर छरिएर रहेको यस संस्थाको सबैभन्दा बढी कृयाशिल अँग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले यस अघि पनि नियमित कार्यक्रम गर्दै अाइरहेको थियो तर अब देखी महिनाको एउटा नियमित कार्यक्रम र त्यसका अलावा अतिरिक्त कार्यक्रमहरु
पनि गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद खनालले बताउनुभयो ।
सोही बैठकको निर्णय बमोजिम अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति “वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने निर्णय गरेको र सो का लागि रचना सँकलन कार्य शुरु भैसकेको महासचिब भुप नारायण घर्ति मगरले जानकारी गराउनुभएको छ ।
पूर्ण विवरण तल प्रस्तुत छन :
वाशिङटन डि.सी. साहित्यिक सँगम – सादर निमन्त्रणा !
उक्त वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रममा अनेसासका आजिबन सदस्यहरु, बोर्ड अफ ट्रस्टीज, केन्द्र, च्याप्टरहरुमा आबद्ध सबै सहित वाशिङ्टन डिसी मेट्रो एरियामा बस्नुहुने इच्छुक सबै महानुभाबहरुलाई पनि कविता, गीत, गजल, मुक्तक, वा कुनै पनि प्रकारको साहित्यिक रचना सहित हार्दिक निमन्त्रणा गरिएको छ । रचना हुनेले सुनाउने गरी र रचना नहुनेले सुन्ने गरी आउनुहुन अनुरोध गरिन्छ ।
कृपया उक्त दिनका लागि आ आफ्ना काममा बिदा मिलाउन, क्यालेन्डर मार्क गर्न र सो दिन अर्को कार्यक्रम नजुधाइदिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
उक्त दिन बिबिध कविता, गजल, गीत, नाच, उखान टुक्का देखि हास्यब्यँगको बहार हुने छ । आउनुस सहभागी हुनुहोस । थप जानकारीका लागि वाशिङ्टन डिसी मेट्रो कमिटी महासचिब भुपनारायण घर्तिमगरको ५७१-२१७-६७८२ मा वा पदाधिकारी एबम सदस्यज्युहरु सँग संपर्क गर्न सक्नुहुनेछ ।
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार
( नोट: उक्त दिन प्रस्तुत हुने र सम्पादक मण्डलले छानेका रचनाहरु केही समय भित्रै प्रकाशन हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको “वाशिङटन डिसीका कवि र कविता” नामक पुस्तकमा प्रकाशन गरिने छन )
“वाशिङटन डिसीका कवि र कविता” बारेको जरुरी सूचना !
अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति “वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि सुदीपभद्र खनाल, नीरा शर्मा र दुर्गा रिजाल रहेको सम्पादक मण्डलले आफ्नो काम सुरु गरिसकेको छ । कृपया माथि उल्लेखित मापदण्ड भित्र रही समसामयिक बिषयमा लेखिएका कविता, गीत, गजल, मुक्तक, हाँस्यब्यङ्ग सहितका साहित्यिक रचना पठाउनुहुन सबन्धित सबैमा बिनम्र अनुरोध गरिन्छ । उक्त पुस्तक प्रकाशन भए पछि कृतिमा रचना समाबेश भएका सबै लेखकहरुलाई दुई दुई प्रति पुस्तक निशुल्क प्रदान गरिने भएकोले सबै लेखकज्यूहरुमा २० डलरका दरले पुस्तक प्रकाशनार्थ सहयोगका लागि आह्वान गर्ने निर्णय भएको ब्यहोरा पनि सादर अनुरोध छ ।
कृपया कृति प्रकाशित भए पछि त्यसको महत्व हुने भएकाले स्तरिय रचना पठाउनुहुन र रचना सँगै inls को नाममा २० डलरको चेक लेखी तल उल्लेखित महासचिब भूप नारायण घर्तिमगरको ठेगानामा हुलाक मार्फत वा वहाँ सहित संस्थाका कुनै पनि पदाधिकारी वा सदस्य हरुलाई प्रत्यक्ष दिन हुन पनि बिनम्र अनुरोध गरिन्छ । सँकलित सबै रचना सम्पादक मण्डललाई उपलब्ध गराइने र स्वीकार गर्ने नगर्ने, सम्पादन गर्ने अधिकार वहाँहरुमा निहित रहने छ । रचना डिसेम्बर ३० तारिख भित्र अाइपुग्नुपर्ने छ ।
रचना र २० डलरको चेक पठाउने ठेगाना :
Bhup Narayan Gharti Magar
8276 Humphrey Lane
Manassas VA 20109
अनुरोधक :
अनेसास वाशिङटन डिसी मेट्रो कमिटी अमेरिका
ईमेल : [email protected]
संपर्क गर्ने महानुभावहरुको नाम हेर्न यहां क्लिक गर्नुहोस
प्रतिक्रिया