एनआरएन अमेरिकाको हेल्प डेस्क समितिको घोषणा

इनेप्लिज २०७४ मंसिर २ गते १४:०२ मा प्रकाशित

हालसालै प्राप्त समाचार अनुसार एनआरएन अमेरिकाको हेल्प डेस्की सभापति तथा एनआरएनएनसीसी युएसए उपसभापति उमा कार्की थापाले नव निर्वाचित एन आरएनएनसिसि बोर्डको सर्व सम्मतीले दिएको जिम्वेवारीलाई तत्काल कार्य सम्पादन गर्न एनआरएन हेल्प डेस्कलाई पूर्णता दिनु भएको छ।

सभापति उमा कार्की थापाले केन्द्रिय समितीको गठन अमेरिका भरी रहेका एन आर एन च्याप्टर लगायत अन्य ठाउँंहरुमा पनि हेल्प डेस्क स्थापना क्रममा यो पहिलो कदम हो भन्नु भयो।

अब एन आर एन च्याप्टरको सकृयता र स्थानीय संघ संस्थाहरुको सहभागीतामा बिभिन्न च्याप्टरहरुमा हेल्प डेस्कहरु गठन गरिने र एनआरएन च्याप्टर नभएको राज्यहरुमा उपयुक्त फोकल पर्सनको सँयोजकत्वमा हेल्प डेस्कहरु स्थापना गरी सहयोग पुर्याउने स्पष्ट पार्दै अमेरिकावासी सबैको सहयोग मिल्ने विश्वास गर्नु भएको छ।

प्रस्तुत छ उहाँले हालै प्रकाशित गर्नु भएको प्रेश वकतव्य जस्ताको तस्तै

प्रतिक्रिया