रक्तदान तथा नेपालको पर्यटन प्रबन्धन गर्दै दुई साईकल यात्री आइपुगे अमेरिका

इनेप्लिज २०७४ कार्तिक २९ गते २०:३९ मा प्रकाशित

प्रबिण भण्डारी ,“ रक्तदान जिवनदान ” को नारा सहित विश्व साइकल यात्रामा निस्केका झापा कन्काई नगरपालिका ७ निबासी युवराज मैनाली र पर्वत पाङग्राङ ४ का भेष वहादुर कडेंल  एसिया तथा युरोपका विभिन्न देशहरु  भारत ,श्रीलंका ,मालदिव्स ,इन्डोनेसिया ,जापान ,जर्मन ,इटाली ,पोल्याण्ड , अस्ट्रेलिया लगायत ४२ राष्ट्रको भ्रमण सकाएर अमेरिका आइपुगेका छन्।

यी दुई साहशिक  युवा केहि बर्ष अघि नेपाल मा गएको विनाशकारी भूकम्पमा घाइतेको उपचारमा रगतको चरम अभाव देखेपछि रगतदान जीवनदान उत्प्रेणा जगाउदै नेपालका विभिन्न ठाऊँमा जनचेतनाका कार्यक्रम गर्दै आफ्नो विश्व साईकल यात्रा थालनी गरेका थिए ।

नेपालमा मात्र नभई विश्वमा जहा जतिसुकै बेला प्राकृतिक बिपत आउन सक्ने भएकाले रगत जस्तो महत्वपुर्ण कुरामा सजक रहनु पर्ने भन्दै संसार भरिनै रगतको अभाबमा कसैले पनि अकालमा जिवन गुमाउनु नपरोस भन्दै यो साइकल यात्रामा  निस्केको  मैनालीले बताउनु भयो । तेसै गरि नेपालमा धेरै जसो मानिसमा रक्तदान गरेपछि कम्जोर भईन्छ कि भन्ने   मानसिकता ब्याप्त रहेको छ, यहि सोचाईलाई बदल्न साईकल यात्रा गरेको अर्का यात्री कंडेलले बताउनु भयो ।

रक्तदान जीवनदानको साथ-साथै  भुकम्प पछाडि नेपालको पर्यटन व्यवसायमा आएको कमिलाई टेवा पुर्याउने हेतुले बिश्वलाई नेपाल घुम्ने निम्तो दिदै यात्रा गर्नुभएका मैनाली र कडेलले नेपालका केहि धार्मिक ,पुराताव्विक तथा साँस्कृतिक सम्पदामा क्षेति भएता पनि हाल कुनै पनि जोखिममा नरहेकोले निर्धक्क नेपाल भ्रमणको लागि संसार भरका पर्यटक हरुलाई आह्वान गर्दै यात्रा गरिरहेको बताउनु भयो ।

नेपाल सरकार तथा संसार भरिरहेका  गैर आबसिय नेपालीहरुको माया ,सहयोग तथा सद्भावमा  विश्व साइकल यात्रा सम्भव भैररहेको र अमेरिकामा पनि सम्पूर्णको  माया, सद्भाव तथा सहयोग पाउने आशा रहेको उहाँहरुले जानकारी गराउनु भयो ।

यस्ता साहशिक साईकल  यात्राले  संसारभरि  नेपालको पहिचान तथा पर्यटन प्रबर्दनमा टेवा पुराउने बिस्वास रहेको उहाँहरुले जानकारी गराउनु भयो  ।एक बर्षको दौरानमा  ४२ ओटा देशहरु यात्रा गरिसकेका मैनाली र कँडेल अबको ४ बर्ष भित्रमा करिब १५० रास्ट्रहरुमा  रक्तदान साथै आफ्नो देशको पर्यटन प्रबन्धन गर्दै यात्रा गर्ने बताउनु भयो ।

समाज ,देश ,विश्व तथा सम्पूर्ण मानवजातीको हितको निम्ति गरिएको उहाँहरुको यस्तो  पबित्र यात्रामा कृपया हजुरहरु साथ सहयोग गर्न चाहनुहुन्छ भने उहाँहरुको फेसबुकमा सिधै  सम्पर्क सक्नुहुनेछ वा ४४३७१३८६७२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

युबराज मैनाली –https://www.facebook.com/jenesh.jon

भेष वहादुर कडेंल(गणेश के.सी ) https://www.facebook.com/profile.php?id=100007946282382

प्रतिक्रिया