लस एञ्जेलसमा सूचना प्रबिधि (आइटी )सम्बन्धि कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ कार्तिक २८ गते ३:०८ मा प्रकाशित

एनआरएन अमेरिकाका महिला संयोजक इन्दिरा त्रिपाठी को पहलमा अमेरिकाको क्यालिफोर्नियाको लस एञ्जेलसमा सूचना प्रबिधि सम्बन्धि (आइटि )सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा सूचना प्रविधि(आइटी )का बिज्ञ र अनुभबी सेजल आइटी इन्क का शंखर के सी ले नेपाली समुदायलाई  सूचना प्रविधि सम्बन्धि बारे जानकारी दिएका छन् l

उनले जानकारी प्रदान गर्ने कार्यक्रममा गैह्र आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया शाखाका अध्यक्ष राम बाबु पाँडे ,पत्रकार गोकुल ढकाल ,सूचना प्रविधि का पदम थापा ,अर्का सूचना प्रविधि कै सोहन थापा ,सुबास भण्डारी ,सूचना प्रविधि का जमुना सुबेदी ,देव सुबेदी,सूचना प्रविधिका अमृत जी आदिको उपस्थिति रहेको  थियो l

उक्त कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा गैर आवासीय नेपाली संघ अमेरिका का महिला संयोजक इन्दीरा त्रिपाठी ले सबैमा धन्यवाद दिएकी छिन् l

प्रतिक्रिया