बाल्टिमोरमा नि:शुल्क स्वास्थ्य शिविर साथै उदासिन(डिप्रेसन) बिषयमा समेत छलफल कार्यक्रम हुने

इनेप्लिज २०७४ कार्तिक २६ गते २०:५४ मा प्रकाशित

लायन्स क्लब बाल्टिमोरको आयोजना तथा द मेरील्यान्ड स्कुल अफ फर द ब्लाइन्ड को सहकार्यमा बाल्टिमोरमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर साथै उदासिन(डिप्रेसन)तथा आत्महत्या बिषयमा समेत छलफल कार्यक्रम हुने भएको छ l

कार्यक्रममा मुटु को समस्या ,रक्तचाप ,उच्च कोलेस्टेरोल जस्ता रोग बाट बच्ने उपाय आई ईत्यादी बारेमा जानकारी समेत दिइने छ l स्वास्थ्य शिविर कार्यक्रममा चिकित्सक अजय भण्डारी तथा दिब्या हाडाले स्वास्थ्य सचेतनाको बारेमा जानकारी गराउनु हुने छ । साथै उदासिनता (डिप्रेसन) तथा आत्महत्या बिषयमा पनी चेतनामुलक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

उक्त एक दिवसीय निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा चिकित्सक डिल्लिराम पौडेलं, चिकित्सक विशाल भण्डारी, चिकित्सक सरगम महत, चिकित्सक निरन्जन भारती ,आसा पन्त, बिनु कोइराला, अरुण आकास श्रेष्ठ,अस्मिता श्रेष्ठ, रस्मिता सुवेदी, रैना श्रेष्ठ, जिगिसा भारती तथा निलिमा श्रेष्ठले सहयोग गर्ने भएका छन् l

लायन्स क्लब बाल्टिमोरका बिजय श्रेष्ठले बाल्टिमोर र सेरोफेरोमा रहने नेपाली समुदाय सदस्यहरुलाई अवसर उठाउन आग्रह समेत गरेका छन् यसको साथै ५० बर्ष भन्दा माथि उमेरका सबै ब्यक्तिलाई निशुल्क संक्रमण सुई (फ्लुसट )समेत दिईने भएको छ l

कार्यक्रम स्थल: The Maryland School for The Blind, 3501 Taylor Avenue, Baltimore Maryland
मिति:नोभेम्बर १९,आइतबार
समय:बिहान,९ बजे देखि ११ बजे सम्म

दोश्रो चरण को कार्यक्रम : ११ देखि १२ बजे सम्म

प्रतिक्रिया